न्यौपाने बस्तीमा मलम लगाउदै जिल्ला प्रशासन

कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाको न्यौपाने वस्तीमा गत पुष ८ गते भएको आगलागी पीडितका लागि राहत संकलन जारी छ । कर्णाली प्रदेशलगायत विभिन्न जिल्लाबाट खाद्यान्न, लत्ताकपडा तथा ओढ्ने–ओछ्याउने संकलन गरी पीडित परिवारलाई वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका सुचना अधिकारी राजकुमार दुलालका अनुसार सुर्खेतबाट बाल क्लवले राहत संकलन गरेर डसना र सिरक कालिकोट पठाएको बताए । सुर्खेतका विभिन्न स... थप पढ्नुहोस्

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । बुधबार साझ २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ... थप पढ्नुहोस्

विद्युत् चुहिएर आगलागी हुँदा १० लाख बराबरको क्षति

दमक । विद्युत् चुहिएर गए राति झापा दमक नगरपालिका–३ का दुई घरमा आगलागी हुँदा करीब रु १० लाख बराबरको सामान क्षति भएको छ । स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब रु १० लाख बराबरको सामान क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ । आगलागीबाट घरभित्र रहेका दुई परिवारको १०० मुरी मकै, १२० मन... थप पढ्नुहोस्

निर्माणाधीन घोराही सिमेन्टको भवनमा आगलागी, क्षतिको बिबरण आउन बाँकी

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा बिहिबार आगलागी भएको छ । ३५ मिटरमाथि विद्युतको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलिले आगो नियन्त्रणमा लिएको हो । क्षतिको विवरण आइसकेको छैन ।... थप पढ्नुहोस्

क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा चार लाखको क्षति

गलेश्वर । अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार बराबरको क्षति भएको छ । स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले जानकारी दिए । घारखोला हाइड्रोपावरमा सुरक्षार्थ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गा... थप पढ्नुहोस्

त्रिचन्द्र क्याम्पसमा लागेको आगो नियन्त्रणमा, मुचुल्का उठाएपछि क्षतिको विवरण आउने

काठमाडौं । काठमाडौंको मुटु घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले नेपालबहससंग कुरा गर्दै त्रिचन्द्र क्याम्पसमा करिव हिजो साझ ६ बजे लागेको आगो साढे ६ बजे नियन्त्रणमा आएको ज... थप पढ्नुहोस्

त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौं । काठमाडौंको मुटु घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिएका छन् । बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेप... थप पढ्नुहोस्

विद्युत सर्ट हुँदा लाखौँको धनमाल नष्ट !

दार्चुला । दार्चुलाको सदरमुकाम खलंगा बजारको पुलघाट स्थित पदम बडालको फेन्सी पसल, बडाल कम्पलेक्समा सोमबार राति आगलागी हुँदा लाखौँको धनमाल नष्ट भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पसलमा आगलागी हुँदा लाखौँ बराबरको धनमाल जलेर नष्ट भएको हो । नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय अगाडि रहेको पसलमा आगलागी भएपछि नियन्त्रणका लागि सुरक... थप पढ्नुहोस्

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर... थप पढ्नुहोस्

सोलारको ब्याट्री पड्केर आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङ । दाङको बंगलाचुली गाउँपालिका ८ गुराँसेमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । बिहीबार बेलुका सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा परेर घरभित्र रहेका नवराज पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । ... थप पढ्नुहोस्
1 2 3 4