fbpx

चैत्र १५ गते बाट जनसंघर्षका कार्यक्रमसहित राप्रपा आन्दोलनमा उत्रने

काठमाडौं । हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका माग राखेर आन्दोलनमा उत्रेको राप्रपाले चैत्र १५ गते बाट जनसंघर्षका कार्यक्रम शुरु गर्ने भएको छ । तीन चरणमा हुने जनसंघर्ष शान्तिपूर्ण र संबिधानको परिधिभित्र रहेर हुने सो पार्टीले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको विस्तारित बैठकले सरकार र सीके राउतबीच भएको सम्झौता अप्रत्याशित र रहस्यमय भएको ठहर गरेको छ। तराईक... थप पढ्नुहोस्

माग पूरा नगरे सशक्त आन्दोलन गर्ने अस्थायी शिक्षकको चेतावनी, भोलि देशभरका विद्यालय बन्द

काठमाडौं । अस्थायी राहत शिक्षक संगठनले 'मंगलबार' भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत भएको थियो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वक... थप पढ्नुहोस्

अल्जेरियाका राष्ट्रपतिद्धारा उम्मेदवारी दर्ता, देशव्यापी रुपमा विरोध

काठमाडौं । अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन्। राष्ट्रपति बतेफ्लिकाले पाँचौ कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएसंगै फेरि चुनावमा उठ्ने बताएका हुन् । उनको उम्मेदवारी दर्तासंगै देशव्यापी रुपमा विरोध भैइरहेको छ । उनले अहिले स्विट्जरल्याण्डमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहेका छन्। उ... थप पढ्नुहोस्

काठमाडौंमा अस्थायी शिक्षकहरूको नारा-जुलुस, स्थायी बनाउनुपर्ने माग

काठमाडौं । देशभरका अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका छन्। अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरु पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। वैशाख १४ गतेदेखि रिले अनसनमा रहेका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्। उनीहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। आइतबार अस्थायी शिक्षकहरुले काठमाडौंमा माइत... थप पढ्नुहोस्

एलपी ग्यास व्यवसायीहरु आन्दोलित, भोलीदेखि ग्यासको पीडीओ खरिद नगर्ने निर्णय

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघले कमिसन वृद्धि, उद्योगहरुको यथार्थ सञ्चालन खर्च, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च लगायतका माग गर्दै संघले आन्दोलनको घोषणा गरेको हो । अहिले सञ्चालनमा रहेका ग्यास उद्योग नै पर्याप्त भएको भन्दै अब नयाँ उद्योग आवश्यक नरहेको पनि संघको भनाई छ । संघले कुनै अध्ययन र छलफल बिना नै तरा... थप पढ्नुहोस्

राप्रपाद्धारा सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमार्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ । राप्रपा अध्यक्ष कमल थापाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात गर्ने बताए । राप्रपाले काठमाडौं उपत्यका बाहिर पनि ७४ जिल्लामा प्र... थप पढ्नुहोस्

सरकारी चिकित्सक चरणबद्ध आन्दोलनमा

काठमाडौं । सहमति कार्यान्वयन गर्न माग गर्दै सरकारी सेवामा रहेका चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रिएका छन । पुस ३० गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ 'गोदान' बीच ८ बुँदे लिखित सहमति भएको चार साता नबित्दै चिकित्सक पुनः आन्दोलनमा उत्रेका हुन । स्वास्थ्य मन्त्रालयले गोदानसँग अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगवाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत अधिकृ... थप पढ्नुहोस्

गल्छी–रसुवागढी सडकमा मुआब्जा विवाद, स्थानियवासी आन्दोलनमा

रामहरि न्यौपाने बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा अगाडि बढ्दै गर्दा स्थानिय बासिन्दा पनि आन्दोलनमा उत्रन थालेका छन् । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको स... थप पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयमा एक सातादेखि तनाव !

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । प्राध्यापक सङ्घले नियुक्ति खारेज... थप पढ्नुहोस्

राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै राप्रपा आन्दोलन गर्छ !

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन । पार्टीको ३ नं कमिटीद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए । फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्या... थप पढ्नुहोस्
1 2