fbpx

सल्यानमा छोरीको हत्या आरोपमा आमा पक्राउ !

सल्यान । सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । ... थप पढ्नुहोस्

आमाको मुख हेर्ने पर्व आज, जन्म दिने आमा : संसारकै सबभन्दा महान !

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय 'पण्डित', आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपम... थप पढ्नुहोस्

वीरेन्द्रनगरमा आमा तथा शिशु सुरक्षा कार्यक्रम गरिने

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले तयार गरेको ‘स्थानीय स्वास्थ्य सेवा विधेयक, २०७५’ मा गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने जनाइएको छ । विधेयकअनुसार कार्यपालिकाले योजना बनाई स्तनपान प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी नगरक्षेत्रभित्र कुपोषणको पहिचान, नियन्त... थप पढ्नुहोस्

कति सजिलो एउटा पुरुषलाई बाबू बन्न अनि कति गाह्रो नारीलाई आमा बन्न ?

काठमाडौं । सासू लाई नाति चाहिन्छ । पति लाई बच्चा चाहिन्छ । अनि नारी गर्भवती हुन्छे सबै खुशी पनि हुन्छन । त्यसपछि दिन बित्दै जान्छ समयसंगै खुशीको रुप फेरिन्छन । हिजो बुहारीले नाति पाउने खुशीमा उज्यालो भएको सासूको अनुहार अध्यारों यस कारण हुन्छ कि घर को काम बुहारीले कम गर्न थाली । सब थोक हामी घाँस को भारी बोक्दा बोक्दै जन्मिएका बच्चा हुन्। नन्द को अनुहार अध्यारो हुन्छ हिजो पधेंरो बाट भाउजूले गर्ने ... थप पढ्नुहोस्

बाबुले छोरीमाथि बलात्कार गर्दा आमा पराई बनिन !

काठमाडौं । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिल... थप पढ्नुहोस्

१५ सन्तानका नेपाली आमाहरु

१७ कात्तिक, काठमाडौं । हिमाली गाउँपालिका १ बस्ने ४१ वर्षीया बिस्नकला थापाले गएको जेठमा १६औं सन्तान जन्माइन् । अरू बच्चा घरमै जन्माएकी थापाले १६औं बच्चा भने जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा जन्माइन् । उनका ९ वटा बच्चाको मृत्यु भइसकेको छ, भने ७ बच्चा जीवित छन् । १४ वर्षमा बिहे गरेकी बिस्नकलाको ४१ वर्षको उमेरसम्मको देखिने गरिको मुख्य काम भनेको बच्चा जन्माउने मात्रै हो । बाजुरा जिल्लाको पनि दुर्ग... थप पढ्नुहोस्