नेता किमले पठाएको पत्र राष्ट्रपति ट्रम्पको हातमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए । गत जुलाई १२ मा सिङ्गापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो । सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त सकारात्मक पत्र पठाएको ह्वाइट हाउसले सोमबार जानकारी दिएको छ । यो अत्यन्तै गौरव गर्न लायक र सकारात्मक पत्र भएको ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्स हक्याबीले बताएका छन् । थप पढ्नुहोस्

उधारो ठेक्काले बहुवर्षीय आयोजना अलपत्र

२९ चैत, काठमाडौं । सडक विभागले बजेटको बन्दोबस्तीबिना बहुवर्षीय ठेक्का गर्दा साढे दुई खर्ब रुपैयाँ बराबरका एक हजारभन्दा बढी योजना अलपत्र परेका छन् । यसले गर्दा विभागको आर्थिक दायित्व मात्र सिर्जना भएको छ भने योजना पूरा हुने अत्तोपत्तो छैन। अर्थ मन्त्रालयले योजनाको सहमति दिने तर बजेट निकासा नगर्ने प्रवृत्ति बढेपछि यस्तो अवस्था उत्पन्न भएको हो। चार, पाँच वर्षभित्र सक्ने गरी ठेक्का लागेका तर भुक्तानी दिने पर्याप्त रकम नभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ८१ वटा कार्यक्रमअन्तर्गत हजारभन्दा बढी योजना सञ्चालनमा छन् । थप पढ्नुहोस्