तेइस सडक आयोजनामा ८० प्रतिशत काम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिए । त्यस्तै ६ आयोजनाको काम पहिलो च... थप पढ्नुहोस्

बजेट १० लाखको, ठेक्का करोडको !

काठमाडौं । अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत सुनिश्चितता हो। अर्थ मन्त्रालयले बजेटमा समावेश आयोजनालाई एक आर्थिक वर्षका लागि मात्र स्रोत सुनिश्चितता दिन सक्छ। तर कुनै एक आर्थिक वर्षमा स्रोत सुनिश्चितता भएर ठेक्का लागिसकेको आयोजना भन्दै निर्माण नसकिँदास... थप पढ्नुहोस्

अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ। मध्यपहाडी लोकमार्गको खोरुंगा खोला पुल,... थप पढ्नुहोस्

मध्य भोटेकोशी आयोजनालाई शेयर निष्कासनको अनुमति

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत आयोजनाले शेयर निष्कासन अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शेयर निष्कासनको अनुमति दिएको हो। कम्पनीले प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर निष्कासन अनुमति पाएको हो। कम्पनीले सुरुमा एक अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने छ। कम्पनीले कर्मचारी संचय क... थप पढ्नुहोस्

भेरी–बबईको सुरुङ निर्माण द्रूत गतिमा, लक्ष्य अगावै सम्पन्न हुने

सुर्खेत। भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ। नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन 'टिबिएम' ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ। भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघ... थप पढ्नुहोस्

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु, आगामी २ वर्ष भित्र सक्ने लक्ष्य

१५ फागुन, काठमाडौं । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ । २०७१ साल साउन ... थप पढ्नुहोस्

भारतीय ठेकेदारले ढिलासुस्ती नगरे तामाकोशी जलविद्युत् आयोजना समयमा नै निर्माण हुने, स्थानीय र सर्वसाधारणका लागि फागुन पहिलो हप्ता शेयर जारी गर्ने तयारी

भारतीय ठेकेदारले ढिलासुस्ती नगरे तामाकोशी जलविद्युत् आयोजना समयमा नै निर्माण हुने, स्थानीय र सर्वसाधारणका लागि फागुन पहिलो हप्ता शेयर जारी गर्ने तयारी ४ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातास... थप पढ्नुहोस्

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

हेमन्त केसी १२ असार, सुर्खेत । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउ... थप पढ्नुहोस्

२८ सय मेगावाटका जलविद्युत आयोजना पाइपलाइनमा

२६ जेठ ,काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघले अहिले निर्माणाधीन अवस्थामा रहेका कुल २८ सय ३८ मेगावाटका आयोजनाहरुको बिद्युत खरिद सम्झौता पीपीए भइसकेको जनाएको छ । नेपाल विद्युत प्राधिकरण र उत्पादकबिच सम्झौता भइसकेकाले कैयनले निर्माणको कामसमेत अघि बढाएको संघको भनाई छ । संघका अध्यक्ष शैलेन्द्र गुरागाईंले हाल ५ हजार मेगावाट बराबरका आयोजनाहरुले प्राधिकरणमा पिपिएका लागि आवेदन दिएर बसेको जानकारी दिए ... थप पढ्नुहोस्