fbpx
Budget076

‘छुटयाइएको छ दाम, अब सुरु गरौँ काम’

काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकाङ्क्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती औँल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठक आव २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले बजेटको पक्ष र विपक्षमा मत जायर गरेका हुन् । आर्थिक समृद्धिको नारालाई सा... थप पढ्नुहोस्

उत्साहका साथ सकियो लगानी सम्मेलन, ७ वटा परियोजनामा मात्र आवेदन !

काठमाडौं । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासमेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ पर... थप पढ्नुहोस्

लगानी सम्मेलन : कृषिमा लगानीको सम्भावनै सम्भावना

भिष्मराज ओझा/ नारायण ढुङ्गाना काठमाडौं । अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकराले दातृ न... थप पढ्नुहोस्

मन्त्रिपरिषद् हेरफेर हुँदै, को-को हुन् संभावित नयाँ मन्त्री ?

काठमाडौं । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्रा... थप पढ्नुहोस्

आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणमा सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएकी हुन् । मुलुकमा लो... थप पढ्नुहोस्

जनताको आर्थिक समृद्धिको चाहना पूरा हुन्छ : कावा मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रदेश सरकार स्थापना भएको छोटो अवधि भए पनि विकासका कार्यलाई गति दिन जनताको प्रत्यक्ष सहभागितामा निजी क्षेत्रसँग हातेमालो गरी समृद्धि कायम गर्न प्रदेश सरकार अगाडि ब... थप पढ्नुहोस्

अब खेलबाट आर्थिक समृद्धि : मन्त्री जगत विश्वकर्मा

स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उनले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गरेका थिए । राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उनले नेपालमा विश्वकप प्याराग्ल... थप पढ्नुहोस्

नयाँ सरकारको तयारीसँगै वाम गठवन्धनको घोषणापत्र अनुरुप आर्थिक समृद्धिको खाका कोरिँदै

२८ मंसिर, काठमाडौं । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ भौतिक पूर्वाधारको विकास, ऊर्जा क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जडीबुटी क्षेत्रमा विशेष प्राथमिकता दिएर कार्यक्रम... थप पढ्नुहोस्