इन्टरनेटमा पनि स्वचालित मूल्य लागू गर्ने तयारी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा अपनाइएको स्वचालित मूल्य प्रणाली जस्तै इन्टरनेटको मूल्य पनि अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्यान्डविथको मूल्य निरन्तर ओरालो लाग्दा त्यसैको अनुपातमा नेपाली बजारमा इन्टरनेटको मूल्य घट्न नसकेको तथ्यअनुसार सरकारले यसको मूल्य पनि स्वचालित बनाउने योजना अघि सारेको हो । स्वचालित प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि त्यसैअनुसार तय हुने प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलीले बताएका छन् । थप पढ्नुहोस्

वल्र्डलिंकले ल्यायो है उपहारको बहार, सित्तैमा इन्टरनेट, टिभीसँगै दामी कार

२९ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३ इन्चको स्यामसुङ्ग फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । थप पढ्नुहोस्