सुडानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

काठमाडौं । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्ध... थप पढ्नुहोस्

जनदवावका कारण फ्रान्स सरकार आफ्नै निर्णयबाट पछि हट्यो

काठमाडौं । फ्रान्सले इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरेको छ । व्यापक जनदवाव पछि फ्रन्स सरकार आफ्नै निर्णयबाट पछि हट्न पुगेको छ । प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार आफ्नो पूर्ववत् निर्णयबाट पछिहटेको कुरा सार्वजनिक भएकोछ । फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेको प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि त्यहाँको सरकारले आगामी छ... थप पढ्नुहोस्

मूल्यवृद्धि विरोधको प्रदर्शनले उग्र रुप लियो

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा तीन हप्तादेखि इन्धनमा भएको मुल्यवृद्धिको विरोधले उग्र रुप लिएको छ । चम्किलो पहेँलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेका छन् । उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले विरोध प्रदर्शनको निन्दा गरेका छन् । उनले प्रर्दशनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोड... थप पढ्नुहोस्

बजारमा मागभन्दा बढी इन्धन : निगम

काठमाडौं । नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरे बमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए । डिपोले आइतबार पनि ... थप पढ्नुहोस्

इन्धनको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह

२० पुस, काठमाडौं । विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनले इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरुले १५ दिनमा दुई पटक मूल्य बढाएर सरकारले राम्रो काम नगरेको बताएका हुन् । साक्षात्कारमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिले जनता मारमा परेको भन्दै के आधारमा मूल्यवृद्धि भएको हो त्यो जनतालाई स्पष्ट गर्... थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१८ पुस, काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रति... थप पढ्नुहोस्