उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङमा

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन आज चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लागेका छन् ।उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन... थप पढ्नुहोस्

थाहा पाउनुहोस्, सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ । १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने ... थप पढ्नुहोस्

दुई कोरियाका सीमाक्षेत्र रेलमार्ग र सडकले जोड्ने

सोल । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक समारोह आज सम्पन्न भएको छ । समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एक–एक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । यस समारोह स्थानीय समयानुसार आज बिहान १० बजे शुरु भएको थियो ... थप पढ्नुहोस्

बिजनेस भिसामा आएका उत्तर कोरियाली नेपालमा लुकिछिपी डाक्टरी गर्दै

६ चैत, काठमाडौं । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ । उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका छन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो ।... थप पढ्नुहोस्

अमेरिकाले उत्तर कोरिया विरुद्ध व्यापक साइबर आक्रमण गर्दैछ : प्योङयाङ

१३ फागुन, काठमाडौं । अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए्) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीप... थप पढ्नुहोस्

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल र खेलाडी दक्षिण कोरियामा

१९ माघ, काठमाडौं । उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को हप्ता दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले सोलबाट जान... थप पढ्नुहोस्

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

७ माघ, काठमाडौं । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रव... थप पढ्नुहोस्

उच्चस्तरीय वार्ता अगावै दुई कोरियाबीच छलफल हुँदै

२४ पुस, काठमाडौं । दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्ताका लागि दक्षिण र उत्तर कोरियाबीच पारस्परिक छलफल हुने भएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार यो जानकारी दिएको छ । मङ्गलबारका लागि तय भएको सो वार्ता अगावै सम्भवतः सोमबार यो छलफल हुने भएको बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताका अनुसार दुई कोरियाबीच हुन गइरहेको वार्तामा ... थप पढ्नुहोस्

प्योङयाङको हिउँदे ओलम्पिकबारे मागपछि दक्षिण कोरियाद्वारा वार्ता प्रस्ताव

१९ पुस, काठमाडौं । दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका नेता किम जङ–अनले एउटा टोली हिउँदे ओलिम्पिकमा सहभागी हुन फेब्रवरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो । किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने ... थप पढ्नुहोस्

उत्तर कोरिय अहिलेसम्मकै शक्तिशाली हाइड्रोजन बम परिक्षण गर्ने तयारीमा, नाकाबन्दीको असर देखिन थालेको दक्षिणको दाबी

१० असोज, काठमाडौं । दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् । उनले अहिले अर्थात पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीहरुभन्दा कडा भएकोले यसको असर देखा पर्न लागिसकेको जानकारी दिएका छन् । दक्षिण कारियाका ती अनुसन्धानदाता पार्क जोङचुलले भने... थप पढ्नुहोस्
1 2