fbpx

ससुराको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते

उदयपुर । ससुराको खुकुरी प्रहारबाट उदयपुरको बेलका नगरपालिका–२ बाँधडाँडामा बुहारी गम्भीर घाइते भएकी छिन् । शनिबार दिउँसो १ बजे स्थानीय सितुमान राईले ३० वर्षीया बुहारी चन्दा राईलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका थिए । घाइते चन्दालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने सितुमानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुर... थप पढ्नुहोस्

गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन 'डिपिआर' तयार कार्य शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मिकस्थल रौतास... थप पढ्नुहोस्

निर्माण हुँदै गरेको पुल भत्किन शुरु

गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका ३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताए । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ । सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनीयर बचन भण्डारील... थप पढ्नुहोस्

भैरहवाको बाल गृहबाट ६ जना कैदीबन्दी फरार

भैरहवा । रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन् । बालगृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह ७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी ४, प्युठानका १... थप पढ्नुहोस्

गाईघाटमा अज्ञात रोगका कारण बाख्रा मर्न थाले

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । बेलका ८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताए । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा बिरामी हुने र मर्नेक्रम बढेको वडा नम्बर ४ का ध्रुव कार्कीले बताए । अहिले रोगको प्रकोप फैलिँदै गएपछि नगरपालि... थप पढ्नुहोस्

इलाममा डा. केसीको १६ औं अनशन सुरु : यस्ता छन् माग

इलाम । डा. गोविन्द केसीले इलामबाट १६ औं अनशन सुरु गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ६ बुँदे माग सार्वजनिक गर्दै केसीले साँझ पाँच बजेबाट १६ औं अनशन सुरु गरेका हुन्। सरकार र केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन आज बहुमतले पारित गरेपछि उनले अनशन सुरु गरेका हुन्। उनले अहिले देशमा भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी प्रधानमन्त्री केप... थप पढ्नुहोस्

डेढ महीनादेखि अस्पतालमा प्रसूति सेवा ठप्प, बिरामी मारमा

गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा. पवन साह र डा. विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो । जिल्ला अस्पताल उदयपुरका प्रमूख डा. बिष्णुबहादुर बस्न... थप पढ्नुहोस्

नेपालको सङ्घीयता आफ्नै मौलिकता छ : सभामुख महरा

गाईघाट । सभामुख कृष्णबहादुर महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश भएकाले नेपालमा सङ्घीयता आफ्नै मौलिकता रहेको बताएका छन् । महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताए । उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख महराले जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य देशको जस्तो चाहि... थप पढ्नुहोस्

विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव दा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले पनि जिल्लाको ताप्ली गाउँपालिका, लिङचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाक... थप पढ्नुहोस्

थुप्रै सडक र पुलका योजना अलपत्र, राजनीतिक संरक्षणमा ठेकेदार कम्पनी

२२ चैत, काठमाडौं । जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन् । सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका हुन् । ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने र अलपत्र अवस्थामा छाड्ने ठेकेदार कम्पनीमाथि कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणले प्र... थप पढ्नुहोस्
1 2