उपत्यकामा साझा यातायातको सेवा विस्तार, भोलिबाट ३ रुट थप

काठमाडौं । साझा यातायातले आइतबारदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ। उपत्यका र बाहिरसमेत सेवा दिँदै आएको साझा यातायातले उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो। थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायातका सिइओ महेन्द्र राज पाण्डेले सेतोपाटीलाई जानकारी दिए। यसअघिनै साझाले बुङ्गमतिद... थप पढ्नुहोस्