fbpx
accident-symbol

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

सिरहा । पदमपुरमा एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै ज्यान गएको छ । अनटेष्ट जेसीभीले स. ५ प ८७४८ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार राति उत्तरबाट दक्षिण आइरहेको एक्साभेटर र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरी... थप पढ्नुहोस्

एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा

चितवन । अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरह... थप पढ्नुहोस्

तस्करी बढेपछि ढुङ्गा, गिटी, बालुवा उत्खननमा रोक, जरिवाना ५० हजार पुर्याउने तयारी

७ माघ, काठमाडौं । जिल्ला समन्वय समितिले ठेक्का लगाएका तथा ठेक्का नलगाएका दरौँदी, चेपे, मस्र्याङ्दी र बूढीगण्डकी नदी बगरका घाटबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवाको तस्करी बढेपछि उत्खननमा रोक लगाइएको छ । प्राकृतिक स्रोत साधन अनुगमन समितिको आज बसेको बैठकले आउँदो माघ १२ गतेसम्मका लागि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । ठेक्का लागेका ठ... थप पढ्नुहोस्