fbpx
hatkadi

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

कराँची । पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए । कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिका... थप पढ्नुहोस्

यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डमको प्रयोग नेपालमा न्यून !

काठमाडौं । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभर... थप पढ्नुहोस्

३१ पुरुष र १९ महिलामा एचआइभी सङ्क्रमित

बर्दिवास । महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो । सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए... थप पढ्नुहोस्

अझै खुल्न चाहँदैनन् एचआइभी सङ्क्रमितहरु

कुश्मा । फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनी एचआइभी सङ्क्रमित युवा हुन् । उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैन । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको हुन् । उनी आफ्ना कारण नभई आफ्ना अभिभावक 'बुवा-आमा' का कारण एचआइभी÷एड्स सङ्क्रमित भएका हुन् । हाल एचआइभी सङ्क्रमण... थप पढ्नुहोस्