होङ्सी शिवम् सिमेन्टमा ५ बैंकहरुले गरे १६ अर्ब ऋण लगानी

काठमाडौं । होङ्सी शिवम् सिमेन्टमा वाणिज्य बैंकहरुले ऋण लगानी गर्ने सम्बन्धमा आज सम्झौता भएको छ । पाँचवटा बैंकले पहिलो चरणमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ३६ अर्ब रुपैयाँको लगानीमा खुलेको सिमेण्ट उद्योगका लागि २ चिनीयाँ बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेका छन् । एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल एसबिआर्इ बैंकले सह–वित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता भएको हो । यो ऋण सम्झौता सात वर्षका लागि गरिएको हो । थप पढ्नुहोस्

एनएमबि बैंकको मुनाफा ३५ प्रतिशले वृद्धि, लाभांश क्षमता १९ प्रतिशत

१२ साउन, काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको २०७३र७४को चौथो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ३५ दशमलव ५४ प्रतिशत वृद्धि गरी १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले मुनाफा १ अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब २६ करोड ९४ लाख रुपैयाँ राखेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले हाल ४४ प्रतिशतले वृद्धि गरी चुँक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ । थप पढ्नुहोस्