एनएमबि बैंकको अगुवाईमा होङसी शिवम् सिमेन्टमा १६ अर्ब कर्जा लगानी

काठमाडौं । नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो कर्जा लगानी होङसी शिवम् सिमेन्टमा भएको छ । सिमेन्ट उद्योग अब सफलतापूर्वक निर्माण सम्पन्न हुने क्रममा पुगेको छ । नेपाली १६ अर्ब रुपैयाँको सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि  प्रमुख बैंकको रुपमा रहेको बैंकले जारी गरको विज्ञप्तीमा उल्लेख गरिएको छ । एनएमबी बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । थप पढ्नुहोस्

एनएमबी बैंकले ल्यायो पूर्णरूपमा स्वचालित बैंकिङ सेवा

११ साउन, काठमाडौं । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्न सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी–बैंक जिनीसँग सम्झौता गरेको छ । यस सम्झौता अनुरूप एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र जिनीका तर्फबाट रामकुमार शर्माले दस्तखत गरेका छन् । प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले, एनएमबी बैंक बैंकिङ क्षेत्रमा नविनतम् सेवा पु¥याउन अग्रसर रहेको उल्लेख गरे । थप पढ्नुहोस्

एनएमबी बैंकको शैक्षिक कर्जा शुभारम्भ

२४ जेठ, काठमाडौं । एनएमबी बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरूका लागि ‘एनएमबी बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्र्जा अवधि १० वर्षसम्म रहने छ भने अधिकतम १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ । एनएमबी बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराइने बैंकले जनाएको छ । थप पढ्नुहोस्