fbpx
kulman-ghising

कुलमानको आगमन पछि भौतिक पूर्वाधार निर्माणमा आक्रामक बन्दै प्राधिकरण

काठमाडौं । विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ । सहज रुपमा विद्युत्को पुहँच पु¥याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले सबस्टेशन निर्माण तथा क्षमता विस्तारलाई प्राथमिकता दिएको हो । प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर अ... थप पढ्नुहोस्

एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

कञ्चनपुर । एशियाली विकास बैंक 'एडिबी' को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको आयोजना कार्यान्वयन... थप पढ्नुहोस्

अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन : महानिरीक्षक खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उनले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशील... थप पढ्नुहोस्

राजमार्ग सुधार र विद्यालय निर्माणका लागि एडिबीको ३९ अर्ब ३२ करोड विकास सहायता

काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । त्यसैगरी ब... थप पढ्नुहोस्

आर्थिक वृद्धिदर ५.५ हुने प्रक्षेपण

२८ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो । आज सार्वजनिक भएको बैंकको प्... थप पढ्नुहोस्

शर्तसहित एडिबीको रु १० अर्ब ऋण सहयोग

२९ माघ, काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्द... थप पढ्नुहोस्