नेपाल र सिंगापुरबीचको खेल बर्षाका कारण रद्द, नेपाल च्याम्पियन

काठमाडौं । नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । आज भएको सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल च्याम्पियन बन्न सफल भएको हो । राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो । आको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो । मलेसियाको क्वलालम्... थप पढ्नुहोस्

भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं । नेपालले मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी मा लगातार चौथो जित निकालेको छ । आज बिहानभएको खेलमा भुटानलाई ११७ रनले हराउदै नेपालले लगातार जित हात पार्न सफल भएको हो । नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो । भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले अर्वाधिक ११ रन जोडे । त्यस्तै संजिवन गुरुङले ६ रन जोड्दा र... थप पढ्नुहोस्