fbpx

सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधीनता सुदृढ हुने बताएका छन् । खड्गी समाजद्वारा आज वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकले अर्कालाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई दरिलो बनाउन सकिने बताए । उनले भने, “‘एउटा जाति, एउटा भाषाले अरू जाति ... थप पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा उजीरसिंह थापाको शालिक अनावरण

बुटवल । झण्डै दुई सय वर्षअघि नेपालले अङ्ग्रेजी फौजलाई वीरतापूर्वक हराएको बुटवलको जितगढी किल्लामा आज राष्ट्रिय झण्डा फहराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीरताको ऐतिहासिक क्षेत्र जितगढी पुगेर राष्ट्रिय झण्डोेत्तलन गरेको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले अङ्ग्रेज फौजसँग वीरता र कुशलतापूर्वक लडेर विजयी हासिल गर्ने नेपाली सेनाका कमाण्डर कर्णेल उजीरसिंह थापाको पूर्णकदको शालिक अनावरण ग... थप पढ्नुहोस्

बालाजुस्थित बाइसधारामा आज विशेष मेला

काठमाडौं । ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा आज विशेष मेला लागेको छ । बाइसधारामा स्नान गर्नका लागि भत्तजनहरुको ठुलो घुइचो छ । बैशाख पुर्णिमाको दिन बालाजु बाइसधाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास छ । वैशाख पुर्णिमाका दिन लाग्ने यो मेलामा उपत्यका बाहिरवाट पनि भक्तजन आउने गर्दछन् ।... थप पढ्नुहोस्

‘एकै ठाउँमा हेर्न पाइन्छ उपत्यकाका सम्पदा’

नारायण ढुङ्गाना काठमाडौं । मन्दिरै मन्दिरको शहरका रुपमा परिचित काठमाडौँका ऐतिहासिक तथा धार्मिक धरोहरमा तपाई कति घुम्नु भएको छ ? यदी छैन भने ति दृष्यहरु एकै ठाउँबाट देख्न पाइने अवसर नछुटाउनु होला । नेपाल कला परिषद्मा ‘मोमेन्ट्स वीथ हेरिटेज’ अन्तर्गत आजदेखि शुरु भएको चित्रकला प्रदर्शनीमा उक्त अवसर प्राप्त गर्न सकिन्छ । यो पनि जम्मा एक हप्ताका लागि । उपत्यकाका विभिन्न १५ स्थानका ऐतिहासिक, पुरातात... थप पढ्नुहोस्