fbpx

कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ । ”उनले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन... थप पढ्नुहोस्

६ वटी छोरी जन्माएको आरोपमा घर निकाला

जुम्ला । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घरबाट निकालिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर... थप पढ्नुहोस्