कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ । ”उनले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन... थप पढ्नुहोस्

कर्णाली प्रदेशको १० जिल्लामा ११४ कुष्ठरोगी

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४/७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन् । तथ्याङ्कअनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा नौ-नौ, जुम्ला, मु... थप पढ्नुहोस्

उच्च हिमाली जिल्लामा हिमपात, जनजीवन कष्टकर

हुम्ला । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हँुदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्... थप पढ्नुहोस्

जाजरकोटका जनप्रतिनिधिले पुल मागे

जाजरकोट । पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् । गत साउनमा आएको बाढीपहिरोका कारण नगरपालिकाको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि जाजरकोटका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारसम्म पुगेका हुन् । अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को (फलेक)मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाक... थप पढ्नुहोस्

महिला हिंसा विश्वव्यापी चुनौती : परराष्ट्रमन्त्री ज्ञवाली

सुर्खेत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान र दिगो विकास लक्ष्यलाई... थप पढ्नुहोस्

पत्रकारका लागि कर्णाली प्रदेशमा स्वास्थ्य बीमा

सुर्खेत । पत्रकारहरुका लागि कर्णाली प्रदेश सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । कर्णाली प्रदेशले पत्रकारहरुको लागि छुट्टै कार्यविधि बनाएरकार्यस्थलमा हुने दुर्घटना जोखिम न्यूनिकरण र पत्रकारिता पेशामा दिगोपना ल्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका हो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरेर पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा म... थप पढ्नुहोस्

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् । शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे १ ख ८४९ नंको बस दुर्घटनामा परी ज्यान गुमाउने लेकबँेसी नगरपालिका–८ सुर्खेतका ४० वर्षीय जानकी दर्लामी र २२ वर्षीय देउमाया वन्काटीप्रति उनहाँले शोक व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीद्वारा जारी शोक वक्तव्य भ... थप पढ्नुहोस्

कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर ?

 ♦ तीर्थ भटृराई ♦ गमगढी, मुगु । एउटा अत्यन्त दुर्गम क्षेत्रको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणा गरेर देशकै पहिलो नगरपालिका बन्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले इच्छाशक्ति भएमा के गर्न सकिँदैन भन्ने सन्देश दिएर देशलाई नै मार्गदर्शन गर्न सफल भएको हो । छायाँनाथ रारा नगरपालिका पहिलेको कर्णाली अञ्चल र हाल कर्णाली प्रदेशमा पर्ने अति दुर... थप पढ्नुहोस्

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताएका छन् । प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताए । “लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,” उनले भ... थप पढ्नुहोस्

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

हुम्ला । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली ... थप पढ्नुहोस्
1 2