मुलुक अहिले राजनीतिक दलहरुको खिचातानीका कारण राजनीतिक विचलन र संवैधानिक “कु” गरिएको अवस्थामा गुज्रिरहेको छ । देशमा क्रियाशिल राजनीतिक दलहरु आपसी कलह र फुटको संघारमा उभिएका छन् । केही दलहरु फुटको अभिनयमा रमाईरहेका छन् भने केही बिस्तारै चोईटिने अवस्थामा पुगेका छन् । जनता माघको जाडोमा न्यानो कपडाको अभावमा सितलहर र तुषारोसँग लडिरहेका छन् । भोकमरी र उचित औषधोपचारको अभावमा छटपटिरहेका छन् । विद्यालयहरुको शैक्षिक गुणस्तरको कुरा अब गर्नै भएन, महामारीका…