१० वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर धेरै खतरनाक रहेको भन्दै सरकारले २५ जनाभन्दा बढीलाई एकै ठाउँ भेलाहुन रोक लगाएको छ । तर, सरकारी संयन्त्र र सत्ताधारी पार्टीका गतिविधि भने विगत झैं चलिरहेका छन् । अझ प्रधानमन्त्री केपी ओली संकटग्रस्त भएका बेलाभन्दा अहिले सहज अवस्थामा रहँदाअ झैं तामझामका साथ बाक्लो उपस्थिति माझ कार्यक्रममा सहभागि भइरहेका छन् । पार्टी भित्र एकलौटी गर्ने ओलीको चाह हो । त्यसकालागि उनले अहिले सर्वोत्तम…