१२ माघ, स्याङ्जा । कोभिड–१९ विरुद्धको खोप यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप आज प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गरे । सरकारले जिल्लाका लागि…