३ बैशाख, इन्डियानापोलिस। अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् । एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया…