३३ किलो सुन तस्करीका अभियुक्त खड्का दुबईमा पक्राउ

काठमाडौं ।  ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई प्रहरीले दुबईमा पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ । उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।... थप पढ्नुहोस्