रेडपाण्डाको छालासहित मानबहादुर शाही पक्राउ

बाँके । रेडपाण्डाको 'हाब्रे' छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।... थप पढ्नुहोस्