fbpx

चरिकोटमा आगलागी हुँदा सात करोडको क्षति

चरिकोट । दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा रु सात करोड बराबरको क्षति भएको छ । भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा क्षति भएको छ । आगलागीबाट खत्रीकी ५५ वर्षीया श्रीमती राधा र २५ वर्षीय राजु खत्री घाइते भएका छन् । गोदामको पहिलो तलामा रहेको ट्युब, टायर, मोबिल तथा दोस्रो तलामा रहेको सामान जलेर... थप पढ्नुहोस्

दाङमा आगलागी हुँदा ३१ लाखको क्षति

दाङ । घोराही उपमहानगरपालिका १ माले गाउँमा रहेको छ वटा घर र २ वटा गोठमा आगलागी भएको छ ।आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका १ को सल्लीकोट महिला सामुदायिक वन क्षेत्रबाट आएको आगो मंगलबर राति गाउँमा पसेकोजिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तल्लो मालेका चुमान सिंह विष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ । त्यसैगरी गमबहादुर गमालको दुई वटा घरमा आ... थप पढ्नुहोस्

सुडानमा आगलागी : ३१ को मृत्यु, ६८ घाइते

जुबा । दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । आगलागी गत आइतबार राति भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । सूचना, युवा र संस्कृतिमन्त्री मिचेल माथोक वालले दिएको जानकारीअनुसार आगलागीका कारण १३८ वटा घरमा क्षति पुगेको छ । त्यसैगरी दश हजारभन्दा बढी जनावर पनि मरेको ... थप पढ्नुहोस्

सप्तरीमा आगलागीबाट पचास लाखको क्षति

सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारमा बुधबार आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको छ । आगलागीबाट राजविराजस्थित शहीद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट पशुपति रेडिमेड स्टोर, शौरभ शीतल महल, श्री पशुपति होटल, अमृत वैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपत... थप पढ्नुहोस्

आगलागीमा परेर एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं । लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो । आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो । स्थानीयको प्रयासमा घरभित्रबाट चारजनालाई... थप पढ्नुहोस्