ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु

दुल्लु । दैलेखको महाबु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिए । सो दुर्घटनामा घाइते हुनेमा नारायण नगरपालिका–३ का ट्... थप पढ्नुहोस्

आइचर दुर्घटना हुँदा चालकको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा गएराति आइचर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोगनपानीमा सामान पु¥याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार का... थप पढ्नुहोस्

बसले ठक्कर दिँदा एकको मृत्यु

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्र... थप पढ्नुहोस्

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

पशुपतिनगर । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।... थप पढ्नुहोस्

बस र टिपरको जम्काभेट हुँदा तीनजनाको मृत्यु, ३३ जना घाइते

बुटवल । कपिलवस्तुको गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्रगत बुद्धभूमि नगरपालिका २ मा दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु २ ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु... थप पढ्नुहोस्

करेन्ट लागेर एक किशोरको मृत्यु

गौशाला । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट ल... थप पढ्नुहोस्

टियु गेट नजिकै ढलमा खसेर एकको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन्। आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्... थप पढ्नुहोस्

डोटीमा दुर्घटनाबाट तीन महिनामा २५ को मृत्यु

डोटी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा १४ दुर्घटनामा सात जनाको र असोज महीनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगा... थप पढ्नुहोस्

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रोल्पा । पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । सन्की स्वभावका देखिने सार्कीको तीन छोरा र चार छोरी छन् । म... थप पढ्नुहोस्

दशैँको समयमा उपत्यकामा १४ को मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिए । “दशैंको समयमा ... थप पढ्नुहोस्
1 2 3 4