fbpx

हावाहुरी प्रभावितलाई ग्लोबल आइएमईले दियाे भाँडाकुँडा राहत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि राहत वितरण गरेको छ । बैंकले बारा जिल्लाका ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको जानकारी दिएको छ । हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस् भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ । ग्ल... थप पढ्नुहोस्

बारा पर्सा हावाहुरी : प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा !

काठमाडौं । आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरीले बारा र पर्साका प्रभावित ठाउँ उजाड देखिएका छन् । यतिबेला हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरमै रोइरहेका छन् । पुरैनियासहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा मानिसहरू अब के खाने र के लगाउने भन्ने अन्योलमा परेका छन् । गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिनापानीले नष्ट गरेको छ। मानिसहरूले रातभरी डरका कारण सुत्नसम्म पाएका छैनन् । ... थप पढ्नुहोस्

हावाहुरी : नेकपाका अध्यक्ष दाहालद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  'नेकपा'का अध्यक्ष पुष्पकमल दाहालले हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति दुःख व्यक्त गरेका छन्। आइतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति समवेदना व्यक्त गर्दै दुःख व्यक्त गरेका हुन् । उनले समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःश... थप पढ्नुहोस्

हावाहुरी : मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा । गएराती हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । साेमाबार 'आज' बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालिन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राती बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट हालसम्म ७० भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीर... थप पढ्नुहोस्

बारापर्सामा भीषण हावाहुरी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ६ सय भन्दा बढी घाइते !

बारा । आइतबार साँझ एक्कासी आएको  हावाहुरी र असिनापानीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।  इँटाभट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको छ। बाराको कलैया लगायत दक्षिण भेगमा हावाहुरीले धेरै असर पुर्याएकाे  बताइएको छ । अचानक आएको हावाहुरीका कारण बारापर्सा र आसपासका जिल्ला धेरै प्रभावित भएक... थप पढ्नुहोस्

बारामा हावाहुरीको कहर : २५ जनाको मृत्यु, ४०० भन्दाबढी घाइते !

बारा । चैत महिनाको दोस्रो साता नबित्दै पर्सा र बारामा हावाहुरीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। आइतबार साँझ करिब साढे सात बजे एक्कासी आएको हावाहुरीका कारण चारसय जना भन्दाबढी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । साँझ एक्कासी असिनापानीसहित आएको हावाहुरीका कारण धेरै घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख... थप पढ्नुहोस्