साढे २८ करोडको लागतमा पुल निर्माण हुने

बेझाड । कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता भ... थप पढ्नुहोस्

अधिकांश पुल मर्मत नहुँदा जोखिमपूर्ण

बाँके । बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण दर्जनौँ यस्ता पुल जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी खडकखण्डमा मात्रै करीब आधा दर्जन पुल जीर्ण भैसकेका छन्... थप पढ्नुहोस्

पर्यटकको लागि अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

ओरालोउकालो गर्नुपर्ने बाध्यता हट्यो पर्वत । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो... थप पढ्नुहोस्