अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन । विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ । वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताए । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले ... थप पढ्नुहोस्

चीनमा जनवरी ७ र ८ मा व्यापार विवादबारे वार्ता हुने

अमेरिका । अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् । व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटलाई निरन्तरता दिँदै यही जनवरी ७ र ८ मा व्यापारविवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन आउने कार्यक्रम तय भएको... थप पढ्नुहोस्

विवादित ‘फाउण्डेशन बन्द गर्ने राष्ट्रपति ट्रम्प सहमत ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत भएका छन् । न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएका हुन्। ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ता... थप पढ्नुहोस्

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठ... थप पढ्नुहोस्

नेता किमले पठाएको पत्र राष्ट्रपति ट्रम्पको हातमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए । गत जुलाई १२ मा सिङ्गापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो । सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त सकारात्मक पत्र पठाएको ह्वाइट हाउसले सोमबार जानकारी... थप पढ्नुहोस्