fbpx

वर्षा र हिमपातपछि खुल्यो मौसम, उपत्यकासहित देशभरको जनजीवन प्रभावित

काठमाडौं । रातभरीको वर्षा र हिमपातपछि अहिले काठमाडौं र आसपास क्षेत्रको मौसम खुलेको छ । काठमाडौंबाट देखिने डाँडाहरुमा सेतो हिँउ देख्न सकिन्छ । अहिले उपत्यकामा बसोवास गर्ने मानिसहरु कोही हिउँ खेल्न डाँडातिर पुगेका छन् भने कोही आफ्नै घरका छतहरुबाट हिउँ परेपछिको मनोरम दृश्यहरु हेरिरहेका छन् । उपत्यकामामा १२ वर्षपछि हिमपात भएको हो । भक्तपुर, ललितपुरलगायत काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो ।... थप पढ्नुहोस्

रातिदेखि नै देशैभर बर्षा र हिमपात, शव काठमाडौं ल्याउन केही समय लाग्ने !

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा पानीसहित भारी मात्रामा हिमपात भएकाे छ । बुधबार रातिदेखि नै देशका अधिकांश ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव सक्रिय भएकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परिरहेको मौसमविदले जानकारी दिए । बिहीबार दिनभरको मौसम यस्तै रहने र बेलुकादेखि वा शुक्रबार बिहानदेखि बिस्तारै खुल्दै जान... थप पढ्नुहोस्

मौसम बदली : वर्षा र हिमपातको सम्भावना !

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बता... थप पढ्नुहोस्

म्याग्दीमा चौँथो पटक हिमपात : जनजीवन प्रभावित

गलेश्वर । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ... थप पढ्नुहोस्

लम्बियो हिउँदे झरी : काठमाडौंमा बिहानैदेखि हल्का वर्षा !

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मंगलबार पनि काठमाडौं सहित मध्य तथा पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । काठमाडौंमा रातिदेखि बादल भरिएर बिहानैदेखि हल्का वर्षा भएको छ । मौसम धुम्मिएर बिहान काठमाडौं शहर अँध्यारो नै देखिएको छ । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भेगका केही स्थ... थप पढ्नुहोस्

आजबाट देशभरीकै मौसम बदली : मध्यमदेखि हल्का बर्षा र हिमपात !

काठमाडौं । मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ । अंग्रेजी महिनाक... थप पढ्नुहोस्

नेपालमा हिँउँदे झरी लम्बिँदै, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान !

काठमाडौं । भूमध्य सागरीय वायुको प्रभावले नेपालमा हिँउँदे झरी लम्बिँदै गएको छ । हिजो शनिबार मुलुकभरि नै झरी पर्यो । आइतबार आज मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने र झरी पर्ने पूर्वानुमान गरिएको छ । सोमबारदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उनका अनुसार, ‘पश्चिमी... थप पढ्नुहोस्

पश्चिमी वायुले देशभरिको मौसम प्रभावित: केही भूभागमा वर्षा र हिमपात !

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताए । शनिबार बेलुकादेखि मौसम... थप पढ्नुहोस्

हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

रुकुम । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारा... थप पढ्नुहोस्

जोमसोम बजारमा भारी हिमपात: दैनिकी जनजिवन कष्टकर [फोटो फिचर]

मुस्ताङ । लगातारको माघे झरीका कारण हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेको  छ । केही दिन देखि परेको हिमपातका कारण दैनिकी जनजिवन कष्टकर बन्दै गएको छ । बेनी नगरपालिकाका विभिन्न गाउँहरुमा समेत बाख्लो हिमपात भएपछि यहाँका स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन । बुधबार देखि लगातार पानी परेसंगै हिमपात भएपछि बाजुराको बडीमालिका नगरपालिका– ९ मा स्थानिय चिसोका ... थप पढ्नुहोस्
1 2