fbpx

विदेशी मुद्रा सञ्चिति घट्यो , डलरमा भारु किन्ने वाध्यता कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ पुस मसान्तमा रु.१० खर्ब ५८ अर्ब २० करोड कायम भएको छ । यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ पुस मसान्तमा ९ अर्ब ४१ करोड रहेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तको कुल विदेशी विनिमय... थप पढ्नुहोस्

दुईतिहाइको कम्युनिष्ट शासन : गाँसगाँसमा कर, दुधे बालकले खाने दुधमाथि २३ करोड कर

काठमाडौं । गरिबको आँशु पुछ्ने भनी जनवादी गीत गाएर नथाक्नेबाटै आज तिनै जनताले खाने हरेक गाँस र पानीको घुड्कोमा पनि कर लगाई रहेकाछन् । हुँदाहुँदा बालबालिकाले खाने दुधमापनि रु २३ करोड जति राजश्व असुल गरेर बहादुरी प्रदर्शन गरेको छ वर्तमान सरकारले । करबडा भन्ने उपनामले निजी क्षेत्रमा कुख्याती कमाउन थालेका वर्तमान अर्थमन्त्री डा. यूवराज खतिवडाले अब गरिबका गाँसगाँस र बालबच्चाले खाने दुधको घुड्का घुड्काका... थप पढ्नुहोस्

किसानमारा कम्युनिष्ट नीति : पाँच महिनामै आयो २८ करोडको तरकारीको बिऊ

काठमाडौं । नेपाली किसानको हातबाट बिऊको अधिकार खोसी बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालको बिऊमाथि कव्जा गर्ने प्रयास बामपन्थी सरकारको आगमनसँगै तीव्र हुन थालेको छ । किसानको भोट लिएर बनेको वर्तमान कम्युनिष्ट सरकार भने बहुराष्ट्रिय कम्पनीहरु पोस्ने र नेपाली किसानलाई सोस्ने काममा लागेको छ । रैथाने जातका बिऊहरु नष्ट गर्ने, किसानलाई महँगोमा बिऊ किन्न बाध्य पार्ने कुटिल सोचका कारण मुलुक दिनप्रतिदिन त... थप पढ्नुहोस्

दुईतिहाईको बामपन्थी सरकारमा मदिराको आयात पनि दुई तिहाईले बृद्धि

काठमाडौं । दुई तिहाईको सरकार बनेपछि हरेक क्षेत्रमा नकारात्मक लक्षणहरु देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो मदिराजन्य वस्तुहरुको आयातमा भएको भारी बृद्धि । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नै मदिराजन्य पदार्थको आयात रु. १ अर्ब ४६ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा सोही अवधिको प्रथम पाँच महिनाको तुलनामा करिब ६३ प्रतिशतले बढी हो । गत आर्थिक बर... थप पढ्नुहोस्

बिलासी वस्तुको आयातले अर्थतन्त्र खतरामा

प्रधानमन्त्रीले राज्यको आर्थिक अवस्था र प्रगतिको बारेमा संसदलाई जानकारी गराउँदा तथ्याङ्क तोडमरोड मात्र होइन ठाडै ढाँटेका छन् नेपालबहस डेस्क काठमाडौं । विलासी वस्तुको भयानक परिमाणमा आयात बढिरहेको अवस्थाले व्यापारघाटाद्वारा मुलुकको अर्थतन्त्र नै डाँवाडोल हुँदै असफल राष्ट्रतिर गईरहेको छ । गत पाँच महिनाको अवधिमा बिलासी वस्तुको आयातमात्र ४१ अर्ब रुपैयाँको भयो जब कि सोही अवधिमा मुलुकको कुल निर्यात सा... थप पढ्नुहोस्

ध्वस्त हुँदै स्वदेशी कागज उद्योग :- पाँच महिनामा रु. ५ अर्ब ४३ करोडको आयात

काठमाडौं । स्वदेशी कागज उद्योगलाई ध्वस्त गर्ने सरकारी सोचले गर्दा मुलुकमा कागजको आयात बर्षेनी भयावह रुपमा बढेको छ । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम पाँच महिनाको तथ्यांक केलाउँदा कागजको आयातमा भएको भारी वृद्धिले यो तथ्यलाई थप पुष्ट गरेको छ । कागजमा अत्याधिक भन्सार र कर लगाइँदा विद्यार्थी, संचारमाध्यम र प्रकाशन गृहहरु मर्कामा पर्ने गरेका छन् । कागजमा भन्सार र करहरु थ... थप पढ्नुहोस्

चटपटे अर्थनीतिको असर : बतासे भाषणबाजीले ४ अर्बको मसला आयात

काठमाडौं । बिना कुनै योजना, कार्यक्रम र सोचबिना समृद्धिको गफ हाँक्दाको परिणामहरु एकपछि अर्को देखिन थालेका छन् । यसको प्रत्यक्ष उदाहरणका रुपमा मसला क्षेत्रलाई लिन सकिन्छ । मुलुकमा उत्पादनको संभावना प्रशस्त भएतापनि मसलाका कच्चापदार्थ र तयारी मसला नै अबौं रुपैंयाको आयात हुनुले देशमा बतासे भाषणबाजीबाहेक अरु केही काम हुन नसकेको पुष्टि हुन्छ । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम पाँच... थप पढ्नुहोस्

मेथीको आयातमा ५६ प्रतिशतले बृद्धि : ४ महिनामै साढे ४ करोड बाहिरियो

काठमाडौं । हरेक नेपालीले आफ्नै करेसाबारीमा रोपेर सजिलै उत्पादन गर्न सकिने तथा हरेक नागरिककोे खानपिनमा अभिन्न अंग बनिसकेको मेथीमा पनि मुलुक दिनप्रतिदिन परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रथम चार महिनामा मेथीको आयातमात्र रु. ४ करोड त्रिपन्न लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मेथीको आयात रु.२ करोड ९० लाख रुपैयाको हाराहारीमा थियो । यसरी ... थप पढ्नुहोस्

ओली सरकारले ल्यायो चार महिनामै २ अर्बको सूर्यमुखी तेल

काठमाडौं । ने क पाको दुईतिहाई बहुमतको सरकार गठनपछि देश हरेक कुरामा परनिर्भर हुदै जान थालेको छ । निर्यात जम्माजम्मी ३ प्रतिशतको हाराहारीमा हुदाँ आयात भने ९७ प्रतिशतको उच्च बिन्दुमा पुग्न थालेको छ । स्वदेशमै उत्पादन गर्नसकिने कृषिजन्य बस्तुहरुको डरलाग्दो आयातको तथ्यांक हेर्दै जादाँ मुलुकको शोधानान्तर बचत क्रमिक रुपमा ओरालो लाग्न थालेको छ । चालुखाता हसोन्मुख छ भने विदेशी विनिमय सञ्चितीको अवस्थापनि न... थप पढ्नुहोस्
बेसार

बेसारे कृषिनीतिको प्रभाव : बेसारको आयातमा करिब १९१ प्रतिशत वृद्धि

काठमाडौं । मुलुकका पहाडी तथा तराई भेगमा उत्पादनको प्रशस्त संभावना हुँदाहुँदैपनि मुलुक बेसारजस्तो आधारभूत मसलामा पनि परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को प्रथम चार महिनामा बेसारको आयात मात्र रु. ७ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १९१ प्रतिशतले बढी हो । यही प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षमा बेस... थप पढ्नुहोस्
1 2