fbpx

धनगढीको डिमोटी चोकमा जनता बैंकको एटीएम सेवा

कैलाली । जनता बैंक नेपाल लिमिटेडले धनगढीको असनपुर डिमोटी चोकस्थित निसर्ग अस्पताल परिसरबाट एटीएम सेवा शुरु गरेको छ । बैंकको यो ९४ औं एटीएम हो । उक्त एटीएम सेवाको समुद्घाटन एक समारोहका बीच धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा गरेका थिए । सो एटीएमको प्रयोगबाट यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा सहजता प्रदान गर्ने... थप पढ्नुहोस्

जनता बैंक र टीच फर नेपालबीच शैक्षिक गुणस्तर सम्बन्धि सम्झौता

काठमाडौं । जनता बैंक र टीच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टीच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका हुन् । टीच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टीच फर न... थप पढ्नुहोस्

सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकको पुरस्कार प्रायोजन

काठमाडौं । भलिबल खेलप्रति युवा वर्गको रुचीलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले सर्वोत्कृष्ट टिम एवं खेलाडीलाई आगामी पाँच बर्षसम्म प्रायोजन गर्ने भएको छ । बार्षिक २/२ लाख राशीको सो पुरस्कार प्रायोजनसम्बन्धि सम्झौतामा आज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरेका छन् । संझौता अनुसार नेपाल भलिबल संघले एन.भि.... थप पढ्नुहोस्

जनता बैंकले सातै प्रदेशमा खोल्यो प्रादेशिक कार्यालय, कुन प्रदेशको कार्यालय कहाँ ?

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो । प्रदेश १ को ट्राफिकचोक बिराटनगर, प्रदेश २ को भानुचोक जनकपुर, प्रदेश ३ को स्कूलरोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटललाइन बुटवल, कर्णाली प्रदेशको बिरेन्द्र... थप पढ्नुहोस्

जनता बैंक र सिटिजन लाइफबीच सम्झौता

काठमाडौं । जनता बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स (bancassurance) सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा आज सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग पनि संझौता सम्पन्न भएको हो । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र सिटि... थप पढ्नुहोस्

राष्ट्र बैंकको चेतावनीपछि बैंकरहरु डराए, जनताले घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंकर्स संघको भद्र सहमती तोडिएपछि श्रृजना भएको ब्याजदर बढाउने प्रतिस्पर्धामा पूर्णबिराम लाग्ने संकेत देखिएको छ । बैंकर्स संघको नेतृत्वले खुट्टा कमाउँदा बैंकहरुबीच नै निक्षेप खोसाखोसको अवस्था आएको थियो । यसले आम लगानीकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो । अर्थमन्त्री नै रनभुल्लमा पर्ने अवस्था श्रृजना गरायो । जुन जस्ता परिस्थितिहरु देखिए त्यो घाम जस्तै छ, सर्वविदितै छ । जसको कथा यहा... थप पढ्नुहोस्

रसुवाका गाँउगाँउमा जनता बैंकको निःशुल्क स्वास्थ्य तथा आँखा शिविर

रसुवा । " नेपाली जनताको बैंक , जनता बैंक "  भन्ने उद्घोष गदै आएको जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा यतिबेला रसुवा आइपुगेको छ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवा जिल्लाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएकोे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशका व... थप पढ्नुहोस्

मुद्दती र बचतमा जनता बैंकको सर्बाधिक ब्याजदर !

काठमाडौं । "नेपाली जनताको बैंक,जनता बैंक" ले समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुनेगरी निक्षेपमा दिइने ब्याजदरमा समायोजन गरेको छ । आज बैंकले एक प्रेस विज्ञप्ती जारी गदै जनता बैंकको मुद्दती निक्षेपमा रकम जम्मा गर्ने ग्राहकहरुले अहिलेसम्मकै सर्बाधिक ब्याज पाउने भएका छन् । सुरक्षित लगानी,उच्च प्रतिफलको स्लोगनमा मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रति... थप पढ्नुहोस्

जनता बैंकको विशेषज्ञ संचालकमा सैंजु नियुक्त

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले बैंकको रिक्त स्वतन्त्र संचालकमा बैंकर मीना कुमारी सैंजुलाई नियुक्त गरेको छ । मंसिर ५ गते सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । केहीसमय अघिदेखि रिक्त रहेको स्वतन्त्र संचालकमा उनलाई नियुक्त गरिएको बैंकले जनाएको छ । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । बैंकिङ क्षेत्र... थप पढ्नुहोस्

जनताको भारतबाट पनि रेमिट्यान्स सेवा सुरु

काठमाडौं । ‘‘नेपाली जनताको बैंक, जनता बैंक’’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन्... थप पढ्नुहोस्