पत्रकार नै ध्यानमा बसे

बागलुङ । सधैँ समाचारको खोजीमा दौडिरहने पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे । पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा बस्न पाउँदा पत्रकारले आत्मिक शान... थप पढ्नुहोस्

पत्रकारको हत्यामा धर्मगुरुको सम्लग्नता : अदालत

काठमाडौं । भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो । संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ । अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सि... थप पढ्नुहोस्
Nepal press Union

प्रेस युनियनको नवौं महाधिवेशन अनिश्चितकालका लागि स्थगित !

काठमाडौं । सम्पूर्ण प्रजातन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको पूर्वनिर्धारित नवौं केन्द्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । आफ्नो तीन बर्षे कार्यकाल पुरा गरि एकबर्ष थप भएको वर्तमान केन्द्रीय समितिले यही मंसिर २७ र २८ गते नवौं महाधिवेशन गराउने निर्णय साउन १० मै घाषणा गरेको थियो । तर अन्तिम समयमा आएर आज युनियनका अध्यक्ष बद्री सिग्देलले एक बिज्ञप्ती जारी गर्दै... थप पढ्नुहोस्

साउदी अरब सरकारका कट्टर आलोचक पत्रकार खसोग्गी मारिएको दावी

इस्तानबुल । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले जानकारी दिएका छन् । टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भनेका छन्, “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।” साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्र... थप पढ्नुहोस्

अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका छन्... थप पढ्नुहोस्

मेक्सिकोमा ९ महिनामा ९ पत्रकारको हत्या

काठमाडौं । बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा ९ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो । “उहाँलाई हा... थप पढ्नुहोस्