छेउमै महाकाली तर पञ्चेश्वर काकाकुल

गोकर्ण दयाल बैतडी । छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वर ४ विनायक गाउँका दुई सय घरधुरीले सहजै पानी उपयोग गर्न सकेका छैनन् । खेतमा सिँचाइ छैन । पिउने पानी, बस्तुभाउ र सरसफाइ गर्न जोखिम मोलेर महाकाली किनारमा जानुपर्ने बाध्यता छ ।  महाकाली नदीको पानी सहजै उपभोग गर्ने उपाय खोज्न नेपाल–भारत दुवै देशका स्थानीय जनप्रतिनिधि र नागरिकहरू पुस पहिलो साता पञ्चेश्वर गाउँपालिकामा भेला भएका छन् । पञ्चेश्वर ४ को... थप पढ्नुहोस्