काठमाडौं उपत्यकासहित देशका केही भागमा बर्षा !

काठमाडौं । केही दिनदेखि सक्रिय रहेको प्रिमनसुन बदली हुँदा अहिले काठमाडौं उपत्यकासहित देशका केही भागमा पानी परिरहेको छ । मौसम विभागले ३ दिन अघि सुचना जारी गर्दै देशका केही भागमा हावाहुरी, चट्याङ र मेघगर्जनसहित पानी पर्ने भएकाले सर्तकता अपनाउन आग्रह समेत गरेको हो । अहिले काठमाडौं आसपासका क्षेत्र र देशका पहाडी भू भागमा हावाहुरीसहित बर्षा भैइरहेको मौसम विभागले जानकारी दिएको छ ।... थप पढ्नुहोस्

मौसम बदली : पहाडी भूभागमा हुरीबताससहित मेघगर्जनको सम्भावना

काठमाडौं । देशैभर अहिले यो वर्षको मनसुन अघिको प्रिमनसुन सक्रिय देखिएको छ । गएको वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्छ । तर यो वर्ष बिहान र दिउँसो पनि पानी परेको छ । महाशाखाका अनुसार क... थप पढ्नुहोस्

काठमाडौंमा मेग गर्जनसहित असिनापानी, हावाहुरीको पनि सम्भावना !

काठमाडौं । सोमबार साझ काठमाडौं उपत्यकासहित देशका केही भागमा मेग गर्जनसहित असिना पानी परेको छ । सोमबार साझ देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको भैइरहेको छ । दिउँसो अत्यधिक गर्मि रहेक... थप पढ्नुहोस्

आजदेखि मौसममा केही सुधार हुने अनुमान तर पानी पर्ने सम्भावना यथावत

काठमाडौं । करिव एक सातादेखि बदली रहेको मौसममा बुधबार आजदेखि केही सुधार आउने सक्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सामान्य सुधार आउने तर केही स्थानहरुमा भने बुधबार पनि बदलीको सम्भावना यथावत रहेको सम्भावना रहेको छ । विभागका अनुसार देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क... थप पढ्नुहोस्

देशभरको मौसम बदली : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना !

काठमाडौं । अबको दुईतीन दिन देशभरी नै बदली रहने भएको छ । बिहीबार बिहानैबाट देशभरको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ । त्यस्तै पूर्वमा बनेको न्यूनचापीय रेख... थप पढ्नुहोस्

पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रि-मनसुन’को प्रभाव

काठमाडौं । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रि-मनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघगर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बताए । ‘सामान्यतया प्रि-मनसुनको समयम... थप पढ्नुहोस्

आज र भोलि देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशरभरिकै मौसम बदली भई आज र भोलि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए । यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको उनले जानक... थप पढ्नुहोस्

मौसम बदली : वर्षा र हिमपातको सम्भावना !

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बता... थप पढ्नुहोस्

लम्बियो हिउँदे झरी : काठमाडौंमा बिहानैदेखि हल्का वर्षा !

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मंगलबार पनि काठमाडौं सहित मध्य तथा पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । काठमाडौंमा रातिदेखि बादल भरिएर बिहानैदेखि हल्का वर्षा भएको छ । मौसम धुम्मिएर बिहान काठमाडौं शहर अँध्यारो नै देखिएको छ । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भेगका केही स्थ... थप पढ्नुहोस्

आजबाट देशभरीकै मौसम बदली : मध्यमदेखि हल्का बर्षा र हिमपात !

काठमाडौं । मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ । अंग्रेजी महिनाक... थप पढ्नुहोस्
1 2