fbpx

निर्मला हत्या प्रकरण : सरकार सुत्यो तर हामी जागै छाैँ

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नागरिक संघर्ष समितिको अगुवाइमा अधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेटमा २ घण्टा दिएका हुन् ।घटना भएको ९ महिना पुगेको दिन धर्नासँगै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । बिहान साढे १० देखि... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ

अछाम । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उच्च... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण : बर्खास्त प्रहरी उपरीक्षक विष्टसँग बयान लिने कार्य सकियो

कंञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा आज बयान लिने कार्य सकिएको छ । मङ्गलबार अदालतमा निवेदनसहित उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएको हो । बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे थुनछेक ब... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं । निर्मला पन्त हत्या प्रकरण नयाँ मोडमा आईपुगेको छ । अहिले सम्म पनि रहस्यमय नै रहेको उक्त मुद्दामा प्रहरीको अुनसन्धान लगभग असफल जस्तै भएको टिप्पणी हुन थालेको छ । निर्मलाको न्यायका लागि सुरु गरिएका अभियानहरु पनि सेलाए । तर निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक 'एसपी' डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध ... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरणको गहन अनुसन्धान भैइरहेको छ: गृहमन्त्री थापा

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मलाको हत्या प्रकरणको गहन अनुसन्धान भइरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री थापाले बुधबार पत्रकारसँग कुराकानी गर्दै निर्मला हत्या प्रकरणको अनुसन्धान भैइरहेको बताएका हुन् । उनले सिन्डीकेटको पूरै अन्त्य गर्न केही काम गर्न बाँकी रहेको बताउँदै देशबाट सबै प्रकारको सिन्डिकेट अन्त्य गरिने बता... थप पढ्नुहोस्

निर्मला हत्या : ७ महिना पुरा, किन आउदै छन् यज्ञराज काठमाडौं ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको आज शुक्रबार फागुन १० गते सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बाबुको स्वास्थ्य अवस्था जटिल भएपछि आज अधिकारकर्मिको अगुवाइमा आमाबाबुले धर्ना तोड्ने भएका छन् । बिहीबार कंञ्चपुरमा बस... थप पढ्नुहोस्

निर्मला प्रकरण : प्रतिवेदन आयो तर अपराधी आएन

डीएनए परीक्षणमाथि नै शंका काठमाडौं । निर्मला पन्त हत्याकाण्डमाथि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको छ । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ । आयोगलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘यस केसमा भेजाइनल स्वाब नमुनाबाट ... थप पढ्नुहोस्

निर्मलाको ‘भेजाइनल स्वाब’माथि शंकाः परीक्षणका लागि आमाको रगत लिइयो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। आमाले रगत नमुनाका रुपमा संकलन गर्न दिएको समाचार आजको सबै जसो पत्रपत्रिकाले प्रकाशित गरेका छन् । शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सई, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानविन समितिले ... थप पढ्नुहोस्

प्रदीप र विशालको डिएनए रिपोर्ट कञ्चनपुर पठाइयो, दुवै रिपोर्ट नेगेटिभ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । सो ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौँमार्फत कञ्चनपुर पठाइएको छ । अभियुक्तको रूपमा हिरासतमा लिइए पनि रावल र चौधरीमाथि अभियोग पुष्टि गर्ने कुनै भरपर्दो आधार भने थिएन । उनीहरूको डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्... थप पढ्नुहोस्
1 2 3