विभिन्न स्थानबाट चोरी गरी फरार रहेका ६ जना सामानसहित पक्राउ

काठमाडौं । काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट चोरी गरी फरार रहेका ६ जनालाई सामानसहित प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–९ अर्याल गाँउबाट सिन्धुपाल्चोक पाँचपोखरी–८ घर भएका २५ वर्षीय सुरेश तामाङलाई चोरी गरेको सामानसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौं बूढानीलकण्ठ–८ गोल्फुटार डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी–८ घर भएकी बिन... थप पढ्नुहोस्

बिजी महल अगाडि पाकेटमारी गर्ने युवक प्रक्राउ

काठमाडौं । प्रहरीले सोमबार साझ पाकेमारी गर्दै हिड्ने एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरी टोलीले सोमबार  काठमाण्डौ महानगरपालीका २६ बिजि महल अगाडिबाट पाकेटमारी गर्ने युवकलाई प्रक्राउ गरेको हो । प्रहरी टोलीले नुवाकोटको ककनी गाउँपालिका ७ घर भई काठमाण्डौ गोगंबु बस्ने २७ बर्षीय विष्णु लामालाई नगद रू २६ हजार सहित पक्राउ गरेको बताएको छ । प्रक्राउ लामा माथि अहिले ... थप पढ्नुहोस्

जुवातास खेल्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त,स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार साझ करिव साढे ६ बजे काठमाडौं महानगरपालिका १५ बिजेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई नागार्जुन नगरपालिका २ बस्ने २६ बर्षीय पासाङ लामा सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद रुं ४ लाख ५९ हजार, अमेरिकन डलर ९ सय... थप पढ्नुहोस्

घर फोरेर गहना चोरी गर्ने दश जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा ... थप पढ्नुहोस्

लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभगा नागढुंगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले काँकरभिट्टाबाट काठमाण्डौ आउदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्दा झापा भद्रपुर ३ का सुजन राउत, नारद तामाङ र दिवश लिम्बुको साथबाट नाइट्राभेट ट्याबलेट ३०० पिस सहित निजहरूलाई पक्राउ गरेको छ । घट्ना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।... थप पढ्नुहोस्

छ लाखको चाँदी सहित भारतीय पक्राउ

पर्सा । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट रु ६ लाख ३० हजार मूल्य पर्ने १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो । वीआ २२ एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेक... थप पढ्नुहोस्

३ लाख रकमसहित ६ जना जुवाडे पक्राउ

स्याङ्जा । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् । गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी ... थप पढ्नुहोस्

१ लाख ८२ हजार सहित १४ जना जुवाडे पक्राउ

साँखु । महानगरीय प्रहरी प्रभाग साँखुले १ लाख ८२ हजार ८ सय ७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला ताससहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए। धनकुटा घर भई काठमाडौं थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु... थप पढ्नुहोस्

लागुऔषधसहित पाँच पक्राउ

गुल्मी । लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँचजनालाई सदरमुकाम तम्घासबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय विजय लिम्बू, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन विक, सोही ठाउँका १८ वर्षीय विवेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपीन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय विशाल रायमाझी रहेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मङ्... थप पढ्नुहोस्

बालुवा घुसकाण्डमा प्रहरी नायब निरीक्षक खरेल पक्राउ

काठमाडौं । बालुवा घुसकाण्डमा थप एक प्रहरी पक्राउ परेका छन् । प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो । सो प्रकरणमा यसअघि १० जना प्रहरी पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरूको बयानको आधारमा सइ खरेलको समेत संलग्नता खुलेको आयोगले जनाएको छ । खरेल महानगरीय प्रहरी वृत्त काँडाघारीमा कार्यरत थिए । उनको समेत मिलेमतोमा त्यहाँका अन्य प्रहरीले घुस लिएको... थप पढ्नुहोस्