पहिलो पीपीएल क्रिकेटको उपाधि पोखरा पल्टनलाई

पोखरा । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको पहिलो उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । चितवन राईनोजलाई ३ विकेटले हराउँदै पोखराले सर्वाधिक राशीको पीपीएल क्रिकेटको उपाधि जितेको हो । पोखरा रंगशालामा चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले खेल सकिन ४ बल बाँकी छदै ७ विकेट गुमाएर भेट्टायो । पोखरालाई जित दिलाउन रविइन्दर सिंहले सर्वाधिक ९० रनको योगदान दिए । यस्तै मोहम्मद नाविदले २५ र कप्तान शरद भ... थप पढ्नुहोस्

पीपीएल जित्न पोखरा १६१ रनको लक्ष्य पछ्याउदै

पोखरा । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधि जित्न पोखरा पल्टनले १ सय ६१ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले व्याटिंग गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको हो । उसका लागि कप्तान पारस खड्काले ५१ र सन्नी पटेलले ४३ रनको योगदान दिए । यस्तै अनिल शाहले ३४ रन बनाए । पोखराका कृष्ण कार्कीले दुई तथा मोहम्मद नाविदले एक एक विकेट लिए । १ सय ६१ रनको मध्यम लक्ष्य पछ्याउ... थप पढ्नुहोस्

पीपीएल क्रिकेटको फाइनल आज, २७ लाख हातपार्ने दाउमा चितवन राइनोज र पोखरा पल्टन

दर्शक दीर्घामा बच्चादेखि बृद्धासम्मको बाक्लो उपस्थिती काठमाडौं । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच  बिहान ११ बजेपछि प्रतिस्पर्धा हुदैछ । कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा आमनेसामने हुदैछन् । पोखरा रंगशालामा हुने फाइनलमा पोखरा पल्टन र च... थप पढ्नुहोस्

पीपीएल क्रिकेट : चितवन राइनोज फाइनलमा प्रवेश

काठमाडौं । पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटको फाइनल चितवन राइनोज प्रवेश गरेको छ ।आज भएको प्लेअफ खेलमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पाराजित गर्दै चितवन फाइनलमा पुगेको हो । पोखरा रंगशालामा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य पच्छाएको चितवनले १८।२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । चितवनका लागि स्मीथ पटेलले ३८ रन बनाए भने हरिशंकर शाहले २६ रन बनाए । यसअघि टस जितेर ब्याटिङ र... थप पढ्नुहोस्

एलिमेनेटरमा आज हुलास काठमाडौं र चितवन राईनोज भिड्दै

काठमाडौं । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग पीपीएलको एलिमेनेटर खेल अहिले ११ बजे बाट सुरु हुँदै छ । पोखरा रंगशालामा केही बेर पछि हुने खेलमा चितवन राईनोज र हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुदैछ । तालिकाको दोस्रो र तेस्रो स्थानमा रहदै चितवन र काठमाडौं एलिमेनेटरका लागी छनोट भएका थिए । आजको बिजेताले उपाधिका लागि मंगलवार घरेलु टोली पोखरा पल्टनको सामना गर्नेछ । समान अंक भएपनि राम्रो रनरेटका... थप पढ्नुहोस्

पीपीएल : विराटनगर टाईटन्सलाई हराएर चितवन राइनोज दोस्रो चरणमा

पोखरा । चितवन राइनोजले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा स्थान बनाएको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा खेलमा चितवनले विराटनगर टाईटन्सलाई ४ विकेटले हराएर दोस्रो चरणमा स्थान पक्का गरेको हो । पोखरा रंगशालामा विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । खराब सुरुवात गरेको चितवनको जितमा सन्नी ... थप पढ्नुहोस्

पोखरा पल्टनद्धारा एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको शरद भेषवाकरको पोखराले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन बनाउन सक्यो । पोखराले दिएको १४५ रनको लक्ष्यसहित दिपेन्द्र सिंह ऐरीले धनगढीले केहि बेरमा जवाफी ब्याटिङ... थप पढ्नुहोस्

पीपीएल : महत्वपूर्ण खेलमा आज ब्लास्टर्स र हुलास काठमाडौं भिड्दै

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । पोखरा रंगशालामा सोमपाल कामीको बुटवल र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल अपरान्ह १ : १५ बजे सुरु हुनेछ । यस खेल दुवैको टोलीका लागि महत्वपूर्ण रहेको छ । प्रतियोगितामा यस खेल बुटवलको अन्तिम खेल हुनेछ ... थप पढ्नुहोस्

पीपीएल : एक्स्पर्ट धनगढी ब्लुजद्वारा बुटवलब्लास्टर्स पराजित

पोखरा । एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । बिहिबार भएको खेलमा सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई २० रनले हराएर दिपेन्द्र सिंह ऐरीको धनगढीले दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा धनगढीले दिएको १६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले पुरै २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो ... थप पढ्नुहोस्

पीपीएल : धनगढी ब्लुजद्वारा बुटवल ब्लास्टर्सलाई १६२ रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिपेन्द्र सिंह ऐरीको धनगढीले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाउन सक्यो । धनगढीले दिएको १६२ रनको लक्ष्यसहित सोमपाल कामीको बुटवलले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ । ... थप पढ्नुहोस्
1 2