fbpx

‘प्रहरी कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने’ : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त गौशालाको आज आकस्मिक निरीक्षणपछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिंँदै उनले सेवाग्राहीलाई छिटोछरितोे सेवा प्रदान गर्न आग्रह गरेका छन् । “हरेक सेवाग्राहीलाई प्रहरीको सेवा प्रवाह राम्रो रहेको महसुस हुनेगरी उत्कृष्ट काम गर्नुपर्छ, अपराधविरुद... थप पढ्नुहोस्
IGP Sarbendra Khanal

लुक्ला दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । महानिरीक्षक खनालले दुःखको घडीमा... थप पढ्नुहोस्

महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वेदश फिर्ता भएका छन् । महानिरीक्षक खनाल भारतमा भएको ‘सिनराइज्ड नेशनल रेस्पोन्स टु इमर्जिङ आइइडी एण्ड टेररिस्ट थ्रेट’ विषयक सम्मेलनमा भाग लिई सोमबार आएका हुन् । फागुन १ र २ गते भएको सो सम्बन्धी १९औँ सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक खनाल गत माघ २९ गते त्यसतर्फ गएका थिए ।... थप पढ्नुहोस्

प्रहरी महानिरीक्षक खनाल भारत प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजना हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । आगामी फागुन १ र २ गते सञ्चालन हुने १९औँ ‘सिनर्जीष्ट नेशनल रेस्पोन्स टु इमजजिङ एण्ड टेरोरिष्ट थ्रेट’का विषयमा हुने सेमिनारमा सहभागी हुन  भारत प्रस्थान गरेका हुन् । उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्र... थप पढ्नुहोस्

प्रमाणमुखी र सफल अनुसन्धानमा लाग्न महानिरीक्षक खनालको निर्देशन

काठमााडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराधविरुद्ध प्रहरी कर्मचारीले उच्च व्यवसायिककता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा गत आईतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । अबैध हातहतियार, महिला हि... थप पढ्नुहोस्

हाकिमको सुराकीमा एसपी ! प्रहरीमा भुइँचालो

विशेष संवाददाता काठमाडौं । घुसखोरी र बदनाम प्रहरी खोज्न आर्इजीपी सर्वेन्द्र खनालले एसपीको कमाण्डमा सुराकी परिचालन गरेपछि नेपाल प्रहरीभित्र भुइँचालो गए जत्तिकै भएको छ । एआर्इजीपी, डीआर्इजीपी तथा एसएसपी तहकै अधिकृतमाथि गोप्य निगरानी गर्न १ नम्बर गण (नक्साल)का गणपति एसपी सन्दीप भण्डारीको नेतृत्वमा आर्इजीपी खनालले गोप्य टोली खटाएपछि प्रहरीभित्र हलचल मच्चिएको हो । निर्मला पन्तको बलात्कार र त्यसपछि भए... थप पढ्नुहोस्

घुस्याहा प्रहरी खोज्न ‘केन्द्रीय मार्सल टोली’ फिल्डमा !

विशेष संवाददाता काठमाडौं । प्रहरी महानिरीक्षक ( आर्इजीपी ) सर्वेन्द्र खनालले घुस्याहा र आचरण विपरितका गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि निगरानी गर्न प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा ‘केन्द्रीय मार्सल टीम’ तैनाथ गराएका छन् । यो टीमलाई देशभरका प्रहरी युनिटसम्म पुगेर गोप्य रुपमा प्रहरीकै कामकारबाहीमाथि निगरानी राख्न तथा आवश्यकता अनुसार कारबाही तथा कारबाही सिफारिस गर्नसक्ने अधिकार दिइएको छ । स्... थप पढ्नुहोस्

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : आईजीपी खनाल

साँखु । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।... थप पढ्नुहोस्

आईजीपी कतार प्रस्थान, निमित्तको जिम्मेवारी कार्कीलाई

काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल कतारको दोहामा आयोजना हुने सुरक्षा समन्वय सम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी र General Directorate of Public Security of the State of Qatar बीच कतारको दोहामा सम्पन्न हुने सुरक्षा समन्वय सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरे... थप पढ्नुहोस्

आईजीपी बर्खास्तीको मागपछि सत्तारुढ विद्यार्थी संगठनमा विवाद चर्कियो

काठमाडौं । व्यक्तिगत स्वार्थपुर्ति नभएपछि मनगढन्ते ढंगमा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालको बर्खास्तीको माग गर्दै गृहमन्त्री रामबादुर थापालाई ज्ञापन पत्र बुझाउने दुई विद्यार्थी संगठनका अध्यक्षको लहडप्रति सोही संगठन भित्र विवाद चर्किएको छ । अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आज बिहान गृहमन्त्रीलाई ७ सुत्रीय माग राख्दै ज्ञापनपत्र बु... थप पढ्नुहोस्