fbpx

सामाजिक सञ्जालमार्फत रकम उठाएर कमैया बस्तीमा विद्यालय

लम्की । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँ... थप पढ्नुहोस्

आधारभूत विद्यालयका छ सय विद्यार्थीलाई शैक्षिक सामग्री

बागलुङ । जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताए । अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भ... थप पढ्नुहोस्

दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सम्पन्न [फोटोफिचर]

काठमाडौं । नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराएकी छिन ।  चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण श... थप पढ्नुहोस्

अभद्र व्यवहार र हैरानी विरूद्ध सचेतना

स्याङ्जा । स्याङ्जा प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार स्याङ्जा पु.व.न.पा- १ स्थित श्री त्रिभुवन आदर्श उ.मा.वि.मा अभद्र व्यवहार र हैरानी विरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कक्ष ९ र १० मा अध्ययनरत ७४ जना विद्यार्थीहरूलाई शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी बिरूद्ध ूनेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । व... थप पढ्नुहोस्

विकट र दुर्गम क्षेत्रकाे विद्यालयलाई साढे छ लाख सहयोग

म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले रु छ लाख ५० हजार सहयोग गरेका छन् । कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गरेकाे हो । छन्त्याल परिवारको सहयोगमा कम्प्युटर कक्षा सञ्चालनका लागि एककोठे पक्की भवन निर्माण भएको प्रधानाध्यापक खिममाया छन्त्... थप पढ्नुहोस्

प्रधानाध्यापकले दुई तोलाभन्दा बढी सुन चाेरेपछि

मेलम्ची । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । लामो समयदेखि सोही स्कूलम... थप पढ्नुहोस्

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्याल... थप पढ्नुहोस्

विद्यार्थीको चाप थेग्न सामुदायिक विद्यालयलाई मुस्किल

सुर्खेत । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ । सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् ।सीमित भौतिक भूर्वाधार र जनशक्ति भएका कारण यी विद्यालयले कोटा तोकेर प्रवेश भर्ना लिएका छन् । नगरभित्रका अमज्योति नेवारे, इत्राम र जनमाविमा सबैभन्दा बढी चाप छ । शैक्षिक गुणस्तर राम्रो हुँदा विद्यार्थ... थप पढ्नुहोस्
school

ब्रिटिस काउन्सिलको अवधारणामा चल्दैछ सामुदायिक विद्यालय

नवलपरासी । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । ... थप पढ्नुहोस्

हावाहुरी : सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै  विद्यालय बन्द !

नवलपुर । भारतमा आउने भनिएको फानी तुफानको सम्भावित प्रभावलाई मध्यनजर गर्दै नवलपुरका विद्यालयहरू आज बन्द गरिएको छ । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज 'शुक्रबार' नेपालमा पनि देखिने र सतर्क हुन आग्रह गरिए बमोजिम सूचना जारी गरेर विद्यालय बन्द गरिएको हो । पोख्रेलले हावाहुरीले उत्पन्न गराउने त्रास र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्... थप पढ्नुहोस्
1 2 3 8