fbpx
prabhu-bank-nepal-life

शेयर बजार घट्दा पनि प्रभु बैंक र नेपाल लाईफका शेयरधनी मालामा

काठमाडौं । शेयर बजार ओरालो लाग्नेक्रम आज पनि रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोवार रकममा समेत उल्लेख्य अङ्कले घटेको छ । कूल १७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्य... थप पढ्नुहोस्

शिवम् सिमेन्टको आइपिओ निष्कासन हुँदै

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर रु १०० अङ्कित दरमा प्रिमियमबाट रु २०० थप गरी प्रतिशेयर रु ३०० का दरले कूल ४४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो । उक्त शेयरमध्ये सङ्गठित संस्थाका कर्मचारीका लागि २ लाख २० हजार कित्ता र सामूहिक लगानी कोषलाई दुई लाख २० हजार कित्ता... थप पढ्नुहोस्