fbpx

मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ उखुको मूल्य निर्धारण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिए । उनका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेक... थप पढ्नुहोस्

१३ करोड मूल्यको चिनी बन्दरगाहमै थन्कियो

बीरगंज । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ । हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको ... थप पढ्नुहोस्

सुपथ पसलमा मूल्य घटाएर चिनी बिक्री

धनगढी । दशैं तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो । कर्पोरेसनले शनिबारदेखि सुपथ मूल्य पसलबाट उप... थप पढ्नुहोस्

चिनीको मुल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सरकारलाई चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको लेखा समितिको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ भन्दा बढि नलिन सरकारलाई निर्देशन दिएको हो । समितिले ६३ रुपैयाँ भन्दा धेरै मूल्य लिने पसल र उद्योगलाई कारबाही गर्न पनि निर्देशन दिएको छ । बुधबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको मूल्य ७० रु... थप पढ्नुहोस्

चिनी आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोडको चलखेल

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् । सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरेका छन् । वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ । ‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्‍याउँदा पनि किसानले उ... थप पढ्नुहोस्