जुवातास खेल्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त,स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार साझ करिव साढे ६ बजे काठमाडौं महानगरपालिका १५ बिजेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई नागार्जुन नगरपालिका २ बस्ने २६ बर्षीय पासाङ लामा सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद रुं ४ लाख ५९ हजार, अमेरिकन डलर ९ सय... थप पढ्नुहोस्

३ लाख रकमसहित ६ जना जुवाडे पक्राउ

स्याङ्जा । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् । गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी ... थप पढ्नुहोस्

जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जना पक्राउ

काठमाडौं । बुटवल प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । तिहारको मौका पारेर जुवा खेल्न बसेकाहरुबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ । रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका हुन । तिलोत्तमा ९ का ४८ वर्ष... थप पढ्नुहोस्

१ लाख ८२ हजार सहित १४ जना जुवाडे पक्राउ

साँखु । महानगरीय प्रहरी प्रभाग साँखुले १ लाख ८२ हजार ८ सय ७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला ताससहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए। धनकुटा घर भई काठमाडौं थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु... थप पढ्नुहोस्

रकमसहित जुवाको खालबाट १४ जना प्रक्राउ

काठमाडौं । प्रहरीले बाँके र मोरङमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । बाँके नेपालगंज उपमहानगरपालिका-१८ काँरकादोस्थित जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३० वर्षीय रबि गिरी समेत ४ जनालाई नगद ७६ हजार ६ सय ३५ रुपैयाँ र २ बुक तास सहित प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको छ । यस्तै मोरङ कानेपोखरी गाँउपालिका-१ कुकुरभुक्का बस्ने ४० वर्षीय मित्र रेग्मीको घरमा कौडा खेलिरहेका रेग्मी समेत १... थप पढ्नुहोस्