टिपरको ठक्करबाट एक जनाको मृत्यु

बाँके । टिपरको ठक्करबाट बिहीबार बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले... थप पढ्नुहोस्