पूर्वप्रधानमन्त्री डा.गिरीको अन्त्येष्टि आज गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि बुधबार गरिने भएको छ । निधनअघि गिरीले इच्छाएअनुसार आज दिउँसो तीन बजे पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने परिवारले जनाएको हो । गिरीको दाहसंस्कार सर्वसाधारण नागरिककै जसरी गरिने पनि परिवारले जनाएको छ । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार ग... थप पढ्नुहोस्

सिद्धान्तनिष्ठ पञ्चायतका भाष्यकार डा. तुलसी गिरी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई राजनीतिकर्मीले सिद्धान्तप्रति निष्ठावान् नेताका रूपमा स्मरण गरेका छन् । तीक्ष्ण बौद्धिक क्षमता र राष्ट्रवादी भावनाका नेता गिरीको मंगलबार बिहान उनँकै निवास बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलि दिन शव निवासमै राखिएको छ । बुधबार आज दिउँसो २ बजेपछि डा गिरीको पशुपतिस्थित विद्युतीय ... थप पढ्नुहोस्

मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाए : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको मंगलबार बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु । निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली ... थप पढ्नुहोस्