दशाको जङ्गलमा दशैंको आगमन

नेपालबहस सम्पादकीय दशैंको सन्दर्भले एउटा काब्यांशलाई सम्झिन प्रेरित गर्दछ— चाँदनी रातमा वर्षात खराब लाग्दछ - घरमा लाश छ भने जन्ती खराब लाग्दछ - मनमा चिन्ता र तनाब छ भने हे मित्र, हाम्रा हरेक खुसीयाली खराबै खराब लाग्दछ......। जता हे¥यो उतै लथालिङ्ग, जसको हेरे पनि सबैको मन भरङ्ग, चालु राजनीतिले निम्त्याएको असुरक्षा र अन्योलग्रस्त समाज र भित्रभित्रै अर्को द्वन्द्वको तयारी भइरहेको लाग्ने वर्तमान परिवेशमा नेपालीमात्रका लागि दशैं खुशीयालीको पर्वभन्दा बढ्ता दशा र संघर्षको रुपमा आएको महसुस भइरहेछ । थप पढ्नुहोस्

‘तेस्रोलिङ्गी’ र ज्यानमारा कम्युनिस्ट : जंगबहादुर र कोतपर्वको रिहर्सल !

नेकपा भन्ने यस्तो पार्टी हो जसको चरित्र आफ्नो लाज छोप्न अर्काको लगौँटी खोस्ने लबस्तर्याँई गर्न पछाडि पर्दैन ♠सञ्चिता पौड्याल♠ कहिल्यै नसुनिएको एउटा अचम्म ! हालैको प्रतिनिधिसभाबाट उत्पत्ति भएका ११ वटा विधेयक राष्ट्रियसभाका सांसद्ले पल्टाउन पनि पाएनन्, हतारहतार पारित गरियो । राष्ट्रियसभामा उत्पत्ति भएका ५ वटा विधेयक पनि प्रतिनिधिसभाबाट त्यसरी नै पारित भए । एउटा सभाले गरेको गल्ती अर्को सभाले सच्याउन तथा व्यापक सरोकारका विषयमा पर्याप्त छलफल गरी पारदर्शी रुपमा कानुन बनाउन दुई सदनात्मक व्यवस्था गरिएको हो । तर एक सदनात्मक व्यवस्था जसरी कानुन बनाइयो । थप पढ्नुहोस्

समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

काठमाडौं । बडादशैंमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ ।मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता रोगसँगै कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा पुग्ने विश्वासका साथ यसको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । थप पढ्नुहोस्

‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ काँग्रेसको पछिल्लो दशा र दिशा

सामयिक- समीक्षा आज काँग्रेसमा महाभारत चरित्र चलखेल गरिरहेको छ । रामायणको आदर्शमा राज्यका निम्ति भाईहरू लडदै–लडदैनन्, तर महाभारतको चरित्रमा राज्यका निम्ति भाईहरू नलडी छोेड्दैनन् । ♣इन्द्र रिजाल ♣ नेपाली काँग्रेसलाई ‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ भन्छन् । काँग्रेसको वर्तमान नेतृत्वकर्ताहरूको वैचारिक पक्ष एकदमै निरासलाग्दो भएकोले यसो भन्नेहरूको तर्कमा दम छ । उपलब्ध परिस्थितिमा पार्टीले कुन नीतिगत बाटो लिने ? लक्ष्य र रणनीति के हो ? यसबारे कुनै संवेदनशीलता देखिएको छैन । थप पढ्नुहोस्

‘वामदेवपन्थी उल्का’ हरायो, वामपन्थी बदनियत विद्यमान

जनमतको अनादर गर्ने क्रुर खेलबाडले ने.क.पा.भित्र स्थायित्व पाएको प्रमाणित ♠नेपालबहस सम्पादकीय♠ सत्तारुढ ने.क.पा.ले वामपन्थी पहिचानमात्र होइन ‘वामदेवपन्थी’ नियत पनि बोकेको छर्लङ्ग भएको छ । ने.क.पा.मा वामदेव गौतम व्यक्तिमात्र नभएर प्रवृत्ति वा चरित्रको नामका रुपमा पनि प्रस्तुत भएको छ, वामदेव उपचुनाब लड्ने ‘हाललाई स्थगित’ प्रकरण । आफ्नै पार्टीको निर्वाचित सांसदलाई जनतासामु नाङ्गेझार पार्दै जनमतको अपमान गर्ने पञ्चतन्त्रको बाँदर शैलीलाई ‘वामदेवपन्थी चरित्र’ भन्दा अर्को उपयुक्त शब्दावली हामीले पाएनौँ । थप पढ्नुहोस्

सफल अर्थमन्त्रीको मापदण्ड राजश्व बृद्धि होईन

अर्थतन्त्रको कहालीलाग्दो गति ! श्वेतपत्र जारी गरेर देशको आर्थिक हालत देखाउने अर्थमन्त्री नै अर्थतन्त्रका घातक हुनुपर्ने कारण के हो ?   राजश्व बृद्धिले मात्र अर्थतन्त्रको आधार तय गर्दैन । करको दर बढाएर मात्र देशको विकास हुने होईन । यो नै अर्थतन्त्र मजबुत भएको सुचांक होइन । किनकी राज्य व्यापारी होइन । व्यापारीले नाफा कमाए जस्तो राज्यले राजश्व बृद्धि गरेर अर्थमन्त्रीले नाक फुलाउदैमा आर्थिक सुचांक बलियो भएको मानिदैन् । राज्यको अर्थतन्त्र बलियो हुन त जनताको प्रतिव्यक्ति आयमा बृद्धि हुनुपर्छ । कुल ग्रार्हस्थ उत्पादनमा बढोत्तरी हुनु पर्यो । थप पढ्नुहोस्

‘शैक्षिक प्रमाणपत्र धितो कर्जा’ प्रभावकारी होला त ?

नेपालमा व्यवसायिक शिक्षा नभएको अवस्थामा शैक्षिक प्रमाणपत्र धितो कर्जा प्रभावकारी हुन गाह्रो नै छ । शैक्षिक प्रमाणपत्र धितो राखेर पनि कर्जा पाउने आशामा व्यवसायिक ज्ञानबिना नै कर्जा लिनु उचित पनि हुँदैन । कर्जा लिएर के काम गर्ने हो ? कति कर्जा लिँदा कस्तो व्यवसाय गर्न मिल्छ ? कुन व्यवसाय गर्दा राम्रो आम्दानी हुन्छ भन्ने विषयमा लगानीकर्ता आफैं जानकार भएमा राम्रो हुन्छ । आजभन्दा २/४ वर्षअघि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नका लागि भौतिक पूर्वाधार, सुरक्षा र नेटवर्कहरु थिएनन् । अहिले पनि ती कठिनाईहरु त झेल्नु परेको छ । थप पढ्नुहोस्

भारतलाई खुम्च्याउँदै चीनको पहलमानी उपस्थिति

‘शान्ति क्षेत्र’बाट ‘सामरिक महत्वको क्षेत्र’ मा परिवर्तन भइरहेको नेपालमा ‘अबको साम्राज्यवादी’ चीनको विजयी मानसिकतासहित बर्चश्व ♠ इन्द्र रिजाल ♠ नेपालको सत्ता–शिखरमा राजनीतिको तास फिट्ने काम भइरहेको मौका छोपेर पोहोर स्थानीय तहको निर्वाचन भइरहेको मुहूर्त छानेर, नेपालले चीनको ‘एक क्षेत्र एक सडक’ (वन बेल्ट वन रोड– ‘ओबोर’) प्रस्ताबमा सहीछाप गरेर ओबोरको सदस्य बन्यो । थप पढ्नुहोस्

विखण्डनको विऊ संघीयता धान्न जनताको घाँटी निचोर्नु समृद्धि हो ?

♣विष्णुकुमार प्रसाई♠ भारतीय र पश्चिमा मिशनरीहरुको दवावमा नेपालमा संघीयता, समावेशीता, समानुपातिक भन्दै छिरेका कैचीले नेपाल र नेपालीको स्वतन्त्र अस्तित्वलाई एकपछि अर्को गर्दै क्षतविक्षत पार्दैछ । जातीय, क्षेत्रीय, भाषिक विखण्डनका प्रयासहरु शुरु भएका छन् । पृथकतावादी गतिविधिहरु आयातित मान्छेहरुले मधेश र प्रदेशको नाममा निर्वाध रुपमा गरिरहेका छन् । रैथाने तराईवासी अल्पमतमा पर्दैछन् । विहारी र वंगालीहरु नक्कली नागरिकता बोकेर मधेश र प्रदेशको नाममा नेपाललाई क्षतविक्षत पार्दैछन् । थप पढ्नुहोस्

गभर्नरले शेयरबजार हेर्ने होइन, बैङ्किङ र भुक्तानी प्रणालीको विकास गर्ने हो

♦ ज्योती दाहाल संसारभर साधारण तथा अग्राधिकार गरी २ प्रकारका शेयर हुन्छन् । तर, नेपालका शेयर नेताले अग्राधिकार शेयरको परिभाषा र प्रकृति नै परिवर्तन गरिदिएका छन् । शेयर भनिए पनि डिबेञ्चर वा बोण्डमा जस्तै निश्चित लाभ (ब्याज सरह) पहिले नै सुनिश्चित गरिएको हुने भएकाले एक प्रकारको ऋण हो । अग्राधिकार शेयर सञ्चित तथा असञ्चित, विमोच्य तथा अविमोच्य र परिवर्तनीय र अपरिवर्तनीय हुन्छन् । तर, शेयर नेताले भने यसलाई संस्थापकले धारण गरेको शेयरलाई अग्राधिकार भन्दै ‘पूर्वाधिकार’ नामकरण गरेर यसले साधारण शेयरले भन्दा बढी लाभांश पाउँछ भन्ने नयाँ ‘डक्ट्रिन’ बनाइदिएका छन् । थप पढ्नुहोस्
1 2 3 19