जनमोर्चाका नेता चित्रबहादुर के.सी.का चर्चित केही उखानटुक्का


Share This

नेपालबहस संवाददाता    

कुसुम बिश्वकर्मा / नेपालबहस टिप्पणी

एकनासले संघीय राज्य संरचनाको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर के.सी.का विरोधपूर्ण अभिव्यक्तिको वजन बढ्दै गएको छ । संघीयताप्रति आमवितृष्णासँगै उनका विचारको सान्दर्भिकता र औचित्य बढेको हो । उनी आफ्ना भाषणलाई उखानटुक्काले सिँगार्छन् ।

उनले प्रयोग गरेका केही चर्चित उखान टुक्का :-

१. यो संघीयता भन्ने कुरो नेपाललाई टुक्राटुक्रा बनाएर निल्न ल्याएको षड्यन्त्र हो । घर एउटा राज्यमा,पँधेरो अर्कै राज्यमा, चर्पी अर्को राज्यमा, खेतीपाती अर्कै राज्यमा ! दिसा जान पनि भिसा चाईने यस्तो पनि परिवर्तन हुन्छ ?

२. सर्पको मुखमा परिसकेको भ्यागुत्ताले आफ्नो मुखमा आइपुगेको फट्याङ्ग्रा खान लप्लपाए जस्तो छ यी कतिपय मन्त्रीहरूको चाला, डुब्दैछु भन्ने थाहा हुँदाहुँदै पनि खाई हालौँ भन्ने लोभ !

३. नाचजस्तो नाँच नाँचे घाँघर फाट्ने डर । कुरा जस्तो कुरा गर्दा मन फाट्ने डर ।

राज्यको धर्म हुनुहुँदैन भनेर धर्मनिरपेक्ष राज्य बनाउने । आफ्नो धर्मै नहुने राज्यमा जातीय राज्य चैँ कसरी भयो । उहाँहरूलाई सोध्दा “राख्न चैँ राखिदिइराखुँ भनेर मात्रै राखेको” भन्नुहुन्छ । हल्ला गरेर खाने सुर जस्तो । कतै बड पनि नियत ठीक देखिएन ।

४. मेरो बाग्लुङ्मा कालीनदीको वारी र पारीका गाउँलेहरू दुवैलाई कालीपारीका भन्छन् । वारीका ले ‘कालीपारे’भन्ने पारीका ले पनि ‘कालीपारे’ भन्ने । कालीपारी चैँ कता हो त ! अइलेको सरकारको आश्वासन पनि कालीपारी भने जस्तो जता देखाईँदिँदा पनि हुने खालको बेटुङ्गे छ । बाढी पीडितहरूलाई विचार गरिँदैछ, प्रयास हुँदैछ भनेर कालीपारी देखाएजस्तो गरिँदैछ । यो हामीलाई मन परिराख्या छैन ।

५. कमरेड नै भन्नुप¥यो ! कमरेड प्रचण्डहरूले ल्याउनु भ’को संघीयता रे जातीय राज्यको । अब राज्य कस्ता रे भने आत्मनिर्णयको अधिकार सहितको । राज्यको धर्म हुनुहुँदैन भनेर धर्मनिरपेक्ष राज्य बनाउने । आफ्नो धर्मै नहुने राज्यमा जातीय राज्य चैँ कसरी भयो । उहाँहरूलाई सोध्दा “राख्न चैँ राखिदिइराखुँ भनेर मात्रै राखेको” भन्नुहुन्छ । हल्ला गरेर खाने सुर जस्तो । कतै बड पनि नियत ठीक देखिएन ।


कोई मान्छे देख्दा सिँगौरी हान्न आउने खालका हुन्छन्, कोई मान्छे देख्नासाथ भाग्न थाल्छन् । कोई डल्ले, कोई ख्याउटे, कोई बुढा, कोई बाच्छा, अनमेल क्या ! कोई बुर्कुसी मार्छन् ,कोई घिच्याए पनि हिँड्दैनन् । यो सरकारका मान्छेहरूको अनमेल पारापनि पुरेतका गाईको भन्दा फरक छैन ।


६. हामी कम्युनिस्ट भन्या भुँडी हल्लाउने, कपाल रङ्गाउने, उपरखुट्टी लाउने होइनौँ क्या ! ०२५ सालतिर झलनाथजी र म गल्कोटमा मास्टर हुँदाका कुरा सम्झन्छु र उहाँलाई सोध्छु, होइन कमरेड तपाईँको जिऊका त्यो बेलाका जस्ता जुम्रा अझै छन् कि विदा भईसके ?

७. यो (डा. बाबुराम भट्टराईको) सरकारमा बसेका मान्छेहरू पुरेतले गाई भेला गरेजस्तै लाग्छ । चार दिशाका जजमानहरूबाट दानमा पाका पुरेतका गाई ! कोई मान्छे देख्दा सिँगौरी हान्न आउने खालका हुन्छन्, कोई मान्छे देख्नासाथ भाग्न थाल्छन् । कोई डल्ले, कोई ख्याउटे, कोई बुढा, कोई बाच्छा, अनमेल क्या ! कोई बुर्कुसी मार्छन् ,कोई घिच्याए पनि हिँड्दैनन् । यो सरकारका मान्छेहरूको अनमेल पारापनि पुरेतका गाईको भन्दा फरक छैन ।

८. लु लेखेर राख्नुहोस् ! अजिङ्गरले सिङ्गो खरायो सुलत्तै निलेजस्तो गरेर भारतले तराईलाई निल्ने दाउ लगाइरहेको छ । यो नाकाबन्दी लगाएर न्याक्ने कुकर्म त्यसैका लागि हो ।

९. मलाई तोरीको साग मन पर्ने । यता (काठमाडौं) को सागमा जहर परेको हुनाले यताको साग म परेवाले चारो टिपेजस्तो त्यान्द्रा गनेर टिप्छु । उता (बाग्लुङ्) तिरको साग त म गाईले घाँस खाएझैँ निर्धक्कसँग खान्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार