fbpx

विश्व बैंकको प्रतिवेदनमाथि अर्थमन्त्रीको बालहठ !


Share This

नेपालबहस संवाददाता    

नेपालबहस टिप्पणी

काठमाडौं । निजी क्षेत्रका मानिसहरु यही वातावरण कायम रहने हो भने नेपालमा व्यावसाय गर्नु असंभव झै हुने बताइरहेका बेला विश्व बैंकले हालै प्रकाशित गरेको डुईङ्ग बिजनेश प्रतिबेदन प्रतिवेदनले नेपालमा व्यावसायिक वातावरण खस्कदै गएको जनाएको छ । विश्व बैकंको डुईङ्ग बिजनेश प्रतिबेदन ( ब्यवसाय गर्ने वातावरण ) मा नेपाल १०५ स्थानबाट ११० मा झरेछ। भारत ३० स्थान माथि उक्लेर ७७ मा पुगेछ। चीन,भुटान,श्रीलकां हामीभन्दा धेरै माथि छन।

एघारवटा क्षेत्रमा गरिएको अध्ययनलाई आधार मानी विश्व बैंक सो निष्कर्षमा पुगेको हो । स्थापित विधिशास्त्रमा आधारित भएर गरिएको यो अध्ययनले कुनै पनि देशको आर्थिक स्वास्थ्यको पनि उजागर गर्दछ । यसरी व्यावसायिक वातावरण खस्केको प्रतिवेदन आएपछि अर्थमन्त्री युवराज खतिबडाले यस प्रतिवेदनमाथि आपत्ति जनाएका छन् ।

मुुलुकमा करका दर बढाएर जनताको ढाड सेक्ने एकमात्र उद्देश्य बोेकेका वर्तमान अर्थमन्त्री खतिवडालाई विश्वबैंकको प्रतिवदेनले ठूलो झड्का दिएतापनि सो झड्कालाई अन्यत्र मोडी आफ्नो असफलताको ढाकछोप गर्न उनी उक्त प्रतिवदेन नै गलत छ र सच्चाइनु पर्दछ भन्ने बालहठमा उत्रिएका छन् ।

विश्व बैंक प्रतिवेदनका ११ आधार र हाम्रो यर्थाथ मुल्याङकन

विश्व बैंकको देखाएको संकेतलाई हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले पुष्टि गरेको छ भने मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा अनुभव गर्न थालिएको छ । मुलुकको अर्थतन्त्रको ऐनाको रुपमा रहेको चालु खाता नै रु.८२ अर्बले घाटामा गएको छ । व्यापारघाटाको अवस्था अझ चिन्ताजनक रहेको छ । मुलुकमा लगानीका लागि प्रतिवद्धता मात्र आउँछन् तर धरातलमा लगानी भित्रिन सकिरहेको छैन ।

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरमा भएको वृृद्धिले रेमिट्यान्समा सामान्य वृद्धि देखिएतापनि यो वृद्धि पनि अनिश्चित छ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुकका अर्थतन्त्रहरु त्यत्ति भरोसायुक्त नभएका प्रक्षेपणहरु देखिन थालेका छन् ।

 

यो परिस्थितिमा विश्व बैंकको प्रतिवदेनले औलाएका कमजोरीहरु सुधारी मुलुकको अर्थतन्त्र सबल बनाउने दिशामा लाग्नुको साटो अर्थमन्त्री भने सो प्रतिवदेन पुनर्लेखन गर्नुपर्ने विषयमा आफ्नो उर्जा खर्च गर्दैछन् । सारा जनतालाई करको भारी बोकाएर खतिवडा हैन, करबडा अर्थमन्त्रीका रुपमा चर्चित हुँदै गएका वर्तमान अर्थमन्त्रीका यस्ता बचकाना क्रियाकलापले अन्तर्राष्ट्रियस्तरमा समेत उनको मात्रै नभई मुलुकको समेत छवि विगर्न जाने देखिन्छ ।

विश्व वैंकले हरेक क्षेत्रका उपक्षेत्रहरुमा पारदर्शी रुपमा सम्पन्न गरेको उक्त प्रतिवदेन गलत छ र सच्चाइनुपर्दछ भनेर अर्थमन्त्रीले एकोहोरो राग अलापी रहेतापनि यो सुचांक यसकारण गलत छ भनेर तथ्यसहितको विकल्प भने उनले प्रस्तुत गर्न सकिरहेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार